त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीलाई कुट्पिट गर्ने पुलिसलाई विमानस्थलबाट हटाइयो

IMG-20240128-WA0265.jpg

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी कुटपिटमा संलग्न पुलिसलाई त्यहाँबाट हटाइएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई ती पुलिसलाई त्यहाँबाट हटाएको जानकारी दिएका हुन्। विमानस्थल अध्यागमनका कर्मचारी कुटाकुटमा संलग्न पुलिसलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका छन्। नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मंचले श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement