नयॉं दिल्ली: केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले मंगलवार नयॉं दिल्लीमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशका कृषि एवं ग्रामीण विकास ब्याङ्क (एआरडीबी) र सहकारी समितिहरूको रजिस्ट्रार (आरसीएस) को कम्प्यूटरीकरण परियोजनाको शुभारम्भ गर्नेछन्।
सहकारिता मन्त्रालयले आज दिएको जानकारी अनुसार, कार्यक्रम राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) को सहयोगमा सहकारिता मन्त्रालयद्वारा आयोजित गरिने छ। सबै राज्य र केन्द्र शासित प्रदेशहरूका एआरडीबी र आरसीएस कार्यालयहरूको कम्प्यूटरीकरण प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सहकार से समृद्धि’ को दृष्टिकोणलाई साकार बनाउने दिशामा सहकारिता मन्त्रालयद्वारा उठाइएका महत्वपूर्ण कदमहरू मध्ये एक हो।
कार्यक्रममा सबै राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ अधिकारीहरूसहित १२०० भन्दा धेरै प्रतिभागी समोल रहनेछन्। एआरडीबीको कम्प्यूटरीकरण परियोजनाको लक्ष्य १३ राज्य र केन्द्र शासित प्रदेशहरूमा स्थित एआरडीबीका १८५१ एकाईहरूको कम्प्यूटरीकरण गर्नु र त्यसलाई एउटा सामान्य राष्ट्रिय सफ्टवेयरको माध्यमद्वारा नाबार्डलाई जोड्नु हो। सहकारिता मन्त्रालयको यस पहलले परिचालन दक्षता, जवाफदेही र पारदर्शिता बढ्ने बताइएको छ।