मेदवेदेवलाई पराजित गरी च्याम्पियन बने यानिक सिनर

IMG-20240128-WA0261.jpg

मेलबर्न, २८ जनवरीः इटलीका युवा टेनिस खेलाड़ी यानिक सिनरले इतिहास रचे। २२ वर्षीय यस खेलाडीले सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा पुरुष एकलको खिताब जिते। उनले पाँच सेटसम्म चलेको रोमांचक खिताबी लडाइँमा रुसका दानिल मेवेदेवलाई पराजित गरे। यसको साथै सिनर अष्ट्रेलियन ओपनमा पुरुष एकलको खिताब जित्ने इटलीका पहिलो खेलाड़ी बने। पहिलो दुईवटा सेट गुमाए पनि सिनरले असाधारण पुनरागमन गर्दै ३-६, ३- ६, ६-४, ६-४, ६-३ ले म्याच जिते। यो सिनरको करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब हो। उनले मेवेदेवको सपना भताभुङ्ग पारे। रुसका खेलाड़ी पनि मेलबर्न पार्कमा पहिलोपल्ट खिताब जित्ने लक्ष्य लिएर खेल्न ओर्लिएका थिए तर इटलीका युवा खेलाडीले उनको सपना साकार हुन दिएनन् । मेवेदेवले यसअघि २०२१ मा अमेरिकी ओपनको खितम्ब जितेका थिए।
अष्ट्रेलियन ओफ्नलाई १० सालपछि नयाँ च्याम्पियन प्राप्त भयो। यसअघि २०१४ मा स्विट्जरल्याण्डका स्टान वावरिंकाले खिताब जितेका थिए। त्यसपछि कुनै नयाँ च्याम्पियन अघि आएका थिएनन्। साल २०१४ पछि स्विट्जरल्याण्डका रोजर फेडरर, सर्बियाका नोवाक जोकोविच र स्पेनका रफायल नडालले मात्र दुनमिण्टमा खिताब जितिरहेका थिए। साल २००४- देखि फेडरर एक्लैले ६ पल्ट खिताब जितेका थिए। यसमा जोकोविचले सर्वाधिक १० पल्ट ट्रफी जितेका छन्। यसरी नडाल दुईपल्ट च्याम्पियन रहेका थिए। यसबीच रुसका मराट साफिनले २००५ र वावरिङकाले २०१४ मा खिताब जितेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *