इण्डिपेण्डेन्स कपः विंगर ब्रदर्स, सामार्थ एससी र एलजीएससी विजयी

२८ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा बिहीवार तीनवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा विंगर ब्रदर्सले गाड़ीधुरा स्पोर्टिंग क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्दुले १ गोल गरे। यसबाहेक अमन राई र साहिल राईले १-१ गोल गरे। यसरी नै गाड़ीधुरा स्पोर्टिंग क्लबबाट प्रणेश प्रधानले २ गोल गरे। दिनको दोस्रो म्याचमा सामार्थ स्पोर्टिंग क्लब, सालबारीले कात्यानी जीमलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी नै अन्तिम म्याचमा एलजीएसससी खप्रेलले अल स्टार बाघडुग्रालाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयमा दुवै टीमले गोल गर्न सकेन। अब शुक्रवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच हर्के एफसी मारापुर र एमएम तराईबीच खेलिनेछ। यसरी दोस्रो म्याचमा बुङकुलुङ एफसी र जेपीएफसी बाघडुग्राबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement