सिक्किम विधानसभाका अध्यक्षले जनाए महाराष्ट्रमा आयोजित तीन दिवसीय सम्मेलनमा सहभागिता

IMG-20240128-WA0266.jpg

गान्तोक: हिजोदेखि महाराष्ट्रमा शुरू भएको तीन दिवसीय ८४औं पीठासिन अधिकारीहरूको सम्मेलनमा सिक्किम राज्यका विधानसभाका अध्यक्ष अरूण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा लगायत सचिव र अन्य अधिकारीहरूले सहभागिता जनाएका छन्।

महाराष्ट्रको विधानसभामा शुरू भएको तीन दिवसीय सम्मेलनको उदघाटन लोकसभाका अध्यक्ष ओम बिरलाले गरेका हुन्। उक्त कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्दे, राज्यसभाका उपाध्यक्ष हरिवंश लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यस तीन दिवसीय सम्मेलनको मुख्य उद्देश्य जनतालई लोकतान्त्रिक व्यवस्थामाथि विश्वास दिलाउन मजबुत बनाउन, राज्य/केन्द्र शासित राज्यहरूको व्यवस्थापिकामा मर्यादा कायम राख्न आवश्यक रहेको विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो। यी विभिन्न विषयमाथि भएको छलफलमा अध्यक्ष अरूण कुमार उप्रेतीले पनि अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement