नाथाङ माछोङमा सम्पन्न भयो एसकेएम पार्टीको समष्ठीस्तरीय सभा

IMG-20240128-WA0268.jpg

सरकारको योजनाबाट जनताले लाभ उठाउँदैछन्: मन्त्री सोनम लामा

गान्तोक: गत ८ जनवरीदेखि एसकेएम पार्टीले राज्यको सबै निर्वाचन क्षेत्रमा समष्ठीस्तरीय सांगठनिक एवम जनसभा आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज नाथाङ माछोङ निर्वाचन क्षेत्रणा समष्ठीस्तरीय सभा सम्पन्न भयो। उक्त कार्यक्रममा पार्टीका मुख्य संयोजक एवं मन्त्री सोनाम लामा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानव, प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, अध्यक्षा छुङछुङ भुटिया, संगठनका पधअधिकारी अनि अन्य भातृ संगठनका अन्य नेतृत्वहरुको उपस्थिति रहेको थियो। आजको सभामा उपस्थित वृहत जनभेलालाई सम्बोधन गर्दै मन्त्री लामाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरिरहेको विभिन्न योजना अनि विकासीय कार्यहरुबारे जानकारी गराए। यी योजनाहरू बाट जनताले भारी मात्रामा लाभ उठाइरहेकोले अबको चुनावमा जनताले ३२ मा ३२ आशनबाट नै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई विजय दिलाउन मन बनाइसकेको निश्चय रहेको उनले विश्वास व्यक्त गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पार्टीको सरकार गठन भएदेखि नै नै समावेशी सोच लिएर अघि बढीरहेको उनले बताए। यो क्षेत्रबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले २०१४ अनि २०१९ मा पराजय भएपनि विधायकको रूपमा डी.टी लेप्चा जस्तो अनुभवी क्षेत्र विधायक पाएकोले यो क्षेत्रले पनि विकास गरेको उनले अवगत गराए। अब क्षेत्र विधायक लेप्चाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सहयोगमा राज्यसभा सांसदको पदमा निर्वाचित बनेको गुण अब २०२४ मा फर्काउछु भन्ने उनले निश्चयता प्रकट गरेपछि अब पक्कै पनि २०२४ मा एसकेएम पार्टीले विजयी हासिल गर्ने निश्चित रहेको उनले विश्वास व्यक्त गरे। २०१९ मा नै सिक्किमले बहिस्कार गरिसकेकोहरुको पछि यो क्षेत्रको जनता लागेर हिँड्छ भने यसमा तिनीहरूको नै दोष रहने उनले बताए। अहिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमलाई विकाशको बाटोमा उभो लागिरहेको छ यसैले यो अभियानमा सबै लाग्ने पनि उनले बताए। अब २०२४ मा ३२ मा ३२ सिट बाट विजय बनेर अझ धेरै कार्य गरेर लाने कार्यक्रमहरु रहेको हुँदा सबैले टेबल ल्याम्पको चिन्हलाई विजयी गराउने अपील गरे।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता खालिङले अब केही दिनमा सरकारले बढ्ने विभिन्न योजनाहरूबारे जन साधारणलाई जानकारी गराए। अब चुनावको मैदानमा बिगुल बजीसकेको अनि अब कार्यकर्ताहरूले दिन रात एक गरेर पार्टीको कार्यक्रमहरुमा भाग लिनुपर्ने आग्रह गरे।

आजको सभालाई सम्बोधन गर्दै संगठनमा उपाध्यक्ष प्रभारी पवित्र मानवले विगतमा एउटा परिवारको सदस्यले यो क्षेत्रलाई बद्नाम गर्ने काम गरेको छ तर त्यो बद्नामिलाई सधैंको निम्ति आफ्नो थाप्लोबाट हटाउने समय आएको बताए। राजनीतिले पेठमा भएको नानी देखि बुज्रुक व्यक्तिस्सम्मको जीवन निर्धारण गर्ने हुनाले अब सबैले आ-आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्नु पर्ने आवश्यक रहेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *