पहिलो टेस्टमा भारत २८ रनले पराजित

IMG-20240128-WA0244.jpg

हैदराबाद, २८ जनवरीः स्पिनर टम हार्टलीको विध्वंशी बलिंगको दममा ईंग्ल्याण्डले पहिलो टेस्ट म्याचमा भारतलाई २८ रनले पराजित गयो। जीतको निम्ति २३१ रनको लक्ष्यलाई खेदो गर्दै आइतवार म्याचको चौथो दिन भारतको दोस्रो ईनिंग्स केवल २०२ रनमा समाप्त भयो। यस जीतको साथै ईंग्ल्याण्डले पाँचवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गयो। भारतको दोस्रो ईनिंग्समा ईंग्ल्याण्डका स्पिनर हार्टली एक्लैले ७ विकेट लिए। रविन्द्र जडेजा रन आउट भएको हुनाले आज भारतले आफ्नो रहल ९ वटा विकेट स्पिन बलिंग विरुद्ध गुमायो। लक्ष्यलाई खेदो गर्दै आज भारतको शुरुवात नै खराब रह्यो। हार्टलीले १२औं ओभरमा यशस्वी जयसवाल (१५ रन) र शुभमन गिल (शून्य)-लाई आउट गरेपछि भारत चरम दबाउमा पन्यो। ईंग्ल्याण्डको स्पिन आक्रमण विरुद्ध भारतीय ब्याटरहरूलाई संघर्ष गरिरहेको देखियो। यसबाहेक केही ब्याटरहरूले असल शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । असल शुरुवातपछि विकेट गुमाउनेहरूमा कप्तान रोहित शर्मा, केएस भरत, रविचन्द्रन अश्विन र केएल राहुल सामेल छन् । यसमा रोहितले सर्वाधिक ३९ रन बनाए। यसबाहेक भरत र अश्विनले २८-२८ रनको योगदान दिए। राहुल २२ रन बनाएर आउट भए। ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले आफ्ना स्पिनरहरूलाई चतुऱ्याईंको साथ प्रयोग गरे अनि भारतलाई दबाउबाट मुक्त हुन दिएनन् ।

यसअघि शनिवारको स्कोर ६ विकेटमा ३१६ रनदेखि अघि खेल्दै आज बिहान ईंग्ल्याण्डको दोस्रो ईनिंग्स ४२० रनमा समाप्त भयो। शनिवार शतक बनाएर अविजित रहने ओली पोप आज केवल ४ रनले गर्दा दोहोरो शतकदेखि चुके । भारतीय स्पिनरहरूलाई दक्षताको साथ सामना गर्ने पोपले १९६ रन बनाए। उनले २७८ बल खेलेर २१ वटा चौका लगाए । उनले आज बिहानको सत्रमा रेहान अहमद र टम हार्टलीबाट असल साथ पाए। अहमदले २८ र हार्टलीले ३४ रन बनाए। पोपले सातौं विकेटको निम्ति अहमदसँग ६४ अनि हार्टलीसँग आठौं विकेटको निम्ति ८० रनको महत्वपूर्ण साझेदारी गरे। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट हासिल गरे। यूसबाहेक रविचन्द्रन अश्विनले ३ र रविन्द्र जडेजाले २ विकेट लिए। पोपलाई प्लेयर अव् द म्याच चयन गरियो। भारत र ईंग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ फरवरीदेखि विशाखापट्टनममा शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement