डीए आन्दोलनकारीहरूको आमरण अनशन, दुईजना अस्वस्थ

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः केन्द्रिय कर्मचारीहरूको समतुल्य मँहगी भत्ता दिनुपर्ने मागमा लगभग एक वर्षदेखि आन्दोलनरत् राज्य सरकारका कर्मचारीहरू बितेको २० जनवरीदेखि भोक हड़तालमा बसेका छन्। आइतवार भोक हड़तालमा बसेका कर्मचारीहरूमध्ये दुईजना अस्वस्थ भए। शहीद मीनार सामु बितेको ३६७ दिनदेखि नै केन्द्रिय दरमा महँगी भत्ता भुक्तान, पारदर्शी भर्ती प्रक्रिया अनि अस्थायी कर्मचारीहरूको स्थायीकरण आदि मागहरूलाई लिएर संयुक्त सङ्ग्रामी मञ्चको ब्यानरमा विरोध प्रदर्शन भइरहेको छ। नवान्न अभियान एवं हड़ताल जस्ता कार्यक्रमहरू सम्पन्न गरिसके पनि संयुक्त सङ्ग्रामी मञ्चले राज्य सरकारको ध्यानाकर्षण गराउन सकेको छैन। आइतवार संयुक्त मञ्चको भोक हड़ताल ९औँ दिनमा पुगेको छ। तीनजना अनशनकारीहरूमध्ये दुईजनाको अवस्था सोचनीय भएको समाचार छ।

विपक्षी राजनीतिक दलहरूका नेताहरूले संयुक्त मञ्चमा पुगेर अनशनकारीहरूलाई समर्थन गर्ने वाचा गरिसकेका छन्। गत १९ जनवरीमा यस मञ्चले हाजरा, सियालदाह अनि हावड़ाबाट व्यापक रूपमा मार्च गर्ने आह्वान गरेको थियो। मञ्चले मुख्यमन्त्रीलाई २० जनवरीसम्ममा मागहरू पूरा गर्ने समय दिएको थियो। पछि माग पुरा नभएपछि २० जनवरीको अपरान्ह २ बजेदेखि नै संयुक्त सङ्ग्रामी मञ्चका सरकारी कर्मचारीहरू भोक हड़तालमा बसेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement