२८ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत बिहीवार भएको दोस्रो राउण्डको म्याचमा युनाइटेड ब्रदर्सले जीत हासिल गऱ्यो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा युनाइटेड ब्रदर्सले डीबीएवाईसी-लाई ४-२-ले पराजित गऱ्यो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।