अजय एडवर्डले राहुल गान्धीलाई भेटस्वरूप दिए खुकुरी

IMG-20240128-WA0248.jpg

कंग्रेसको चुनावी घोषणा समितिसँग भेट्ने एडवर्डको मांग

दार्जीलिङ: कंग्रेसको चुनावी घोषणा पत्र समितिसँग भेट गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले कंग्रेस सांसद राहुल गाँधी समक्ष मांग गरेका छन्। कंग्रेसको भारत जोडो न्याय यात्रा आज सिलगढी आई पुगेको थियो। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले कंग्रेस सांसद राहुल गाँधीलाई नेपाली टोपी र खदा लगाउँदै गोर्खा जातिको जातीय हतियार खुकुरी भेटस्वरूप प्रदान गरेका छन्।

यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग हाम्रो पार्टीको निर्वाचित सभासदहरू, नगरपार्षदहरू साथै पार्टीको केन्द्रीय नेतृत्वहरू सामेल थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले काग्रेस सांसद राहुल गाँधीलाई नेपाली टोपी, खदा अनि गोर्खा जातिको जातिय हतियार खुकुरी भेटस्वरूप प्रदान गर्ने क्रममा एउटा ज्ञापन पत्र पनि सुम्पिए अनि ती ज्ञापन पत्रमा कंग्रेस पार्टीको चुनावी घोषणा पत्र समितिसँग भेट गर्ने मांग गरेका छन्। कंग्रेस पार्टीको चुनावी घोषणा पत्र समिति प्रमुख पार्टीको शीर्ष नेता एंव पूर्व केन्द्रीय गृहमन्त्री पी चिदाम्बरम हुन्। गत केही सप्ताह अघि कंग्रेसले मणिपुर राज्यको राजधानी इम्फालबाट भारत जोडो न्याय यात्राको शुभारम्भ गरेको थियो।कंग्रेसको भारत जोडो न्याय यात्रामा देशको उत्तर पूर्वी राज्यहरूको यात्रा गर्दै गत केही दिन अघि पश्चिम बंगाल राज्यमा प्रवेश गरेको हो।

कंग्रेसको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत पार्टीको शीर्ष नेतृत्वहरूको टोलीले पनि अंश ग्रहण गरेका थिए। कंग्रेस पार्टीको भारत जोडो न्याय यात्रालाई हाम्रो पार्टीले वर्षौदेखि आफ्नो हक र अधिकारको मांग गर्दै आईरहेको गोर्खाहरूको आवाजलाई थप उर्जा पुग्ने सोच लिएर न्याय यात्रामा सामेल भएको र हाम्रो पार्टीले कंग्रेससँग गठबन्धन नगरेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement