राहुल गान्धीको भारत जोडो न्याय यात्रा जलपाईगुडी जिल्लाबाट सिलगढीको लागि प्रस्थान

IMG-20240128-WA0214.jpg

सिलगढी: भारत जोडो न्याय यात्रा जलपाईगढी जिल्लाबाट शुरु भएको छ। न्याय यात्रा आइतबार दिउँसो शुरु भएको हो। भारत जोडो न्याय यात्रामा राहुल गान्धीसँगै कांग्रेसका धेरै वरिष्ठ नेताहरु पनि साथमा छन्। भारत जोडो न्याय यात्रा जलपाईगढी जिल्ला हुँदै सिलगढी पुग्नेछ। आज सिलगढी पुलिस स्टेशन मोड देखि एयर भ्यू मोड सम्म भारत जोडो न्याय यात्राको कार्यक्रम छ। कांग्रेस नेता राहुल गान्धीको भ्रमणलाई लिएर जनतामा निकै उत्साह देखिएको छ। थाना मोडदेखि एयरभ्यू मोडसम्मको सम्पूर्ण हिलकार्ट रोड राहुल गान्धीलाई स्वागत गर्न तयार छ। सिलगढीका मुख्य सडकहरूमा राहुल गान्धीलाई स्वागत गर्ने पोस्टरहरू टाँसिएका छन्, जसमा मुख्यमन्त्रीको फोटो पनि छ। एकातिर राहुल गान्धीले फेरि भारत जोडो न्याय यात्रा सुरु गरिरहँदा मुख्यमन्त्रीको तस्बिर बोकेको यस्तो फ्लेक्सलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन्।

गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठेको छ। यस फ्लेक्सको तल दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस, युवा कांग्रेस, महिला कांग्रेस र आईएनटिटियुसी लेखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement