इंग्ल्याण्डले राष्ट्र संघको एजेन्सीको सहयोग रोक्नुको कारण यस्तो…

IMG-20240128-WA0235.jpg

इंग्ल्याण्डले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी युएनआरडब्लुएलाई सहयोग रोक्ने घोषणा गरेको छ। इजरायलले ७ अक्टोबरमा भएको आक्रमणमा युएनआरडब्लुए कर्मचारी संलग्न रहेको आरोप लगाएको छ। युएनआरडब्लुएले आफ्ना धेरै कर्मचारीहरूलाई इजरायलमा हमलामा संलग्न भएको आरोपमा बर्खास्त गरेको घोषणा गरेको छ। युएनआरडब्ल्युएको यो घोषणापछि इंग्ल्याण्डको यो निर्णय आएको हो। इंग्ल्याण्डले इजरायलले लगाएको आरोपबाट आफू स्तब्ध भएको बताएको छ। उसले इजरायलको आरोपको छानबिन गर्न आदेश दिएको छ। यसअघि अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले राष्ट्र संघीय निकायलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन्। गाजामा इजरायलको आक्रमण शुरु भएदेखि युएनआरडब्लुएले त्यहाँ लाखौं विस्थापित नागरिकहरूलाई सहयोग प्रदान गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *