खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाईनलमा राजबारी ईलेभेन र लिंकन क्लब सिपाहीधुरा पुगेको छ। आज भएको पहिलो सेमी फाईनल युवराज ईलेभेन र राजबारी युउथमाझ सम्पन्न भएको थियो। उक्त खेलमा युवराज ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै १२ ओभर ४ बलमा सबै विकेट गुमाएर ७१ रन बनाएको थियो। युवराज ईलेभेनको पक्षमा कप्तान युवराज प्रधानले सर्वाधिक १३ रन बनाएका थिए। ७२ रनको लक्ष्यलाई खेदो गर्दै राजबारी युउथले ९ ओभरमा केवल ३ विकेट मात्र गुमाएर सजिलै ७४ रन बनाएर ७ विकेटले खेल जित्न सफल भई फाईनलमा प्रवेस गरेका थिए। यस खेलमा सर्वाधिक रन बनाउने राजबारी युउथको खेलाड़ी सपन म्यान अफ् द म्याच भएका थिए। आज भएको दोस्रो सेमी फाईनल खेल लिंकन क्लब र घैयाबारीमाझ सम्पन्न भएको थियो जसमा लिंकन क्लबले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। लिंकन क्लबको पक्षमा आकाशले सर्वाधिक २० रन बनाएका थिए।तर घैयाबारीले १५ ओभरमा केवल ९० रन मात्र बनाउन सकेको थियो जसको कारणले लिंकन क्लबले २५ रनले खेल जितेर फाईनलमा प्रवेस गरेको थियो।

यस खेलमा लिंकन क्लबको संगम म्यान अफ् द म्याच चयन भएका छन्। तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाईनल खेल आगामी ३० जनवरीको दिन राजबारी युउथ र लिंकन क्लबमाझ हुने भएको जानकारी आयोजक समितिको पक्षमा महेश सुनारले जानकारी दिएका छन्।









