पुरस्कार अलङ्करण साथै कथाकार अबीर खालिङकृत ‘विस्थापन’ लोकार्पण

519dba26-ac5b-425a-bbbc-c8266f903b6d

कालचिनीः डुवर्स नेपाली साहित्य विकास समिति र जयगाउँ समाज कल्याण संघको संयुक्त आयोजनामा आइतबार जयगाउँ समाज कल्याण संघको गोर्खा भवनमा डुवर्स नेपाली साहित्य विकास समितिले बर्षेनी गर्दै आइरहेको पुरस्कार अलङ्करण समारोह सम्पन्न भयो। समारोहमा मुख्य अतिथिको रुपमा डुवर्सका वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, अशोक रोका, मदन खडका, अर्जुन कागते, एसएन प्रधान, समितिको अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मूलसचिव रबिन खवास, कार्यकारी अध्यक्ष अबीर खालिङ, कोषाध्याक्ष राजेश प्रधान, जयगाउँ समाज कल्याण संघको अध्यक्ष ज्योतिनाथ प्रधान, सचिव कमल प्रधान समालोचक रुपेश शर्मा, सञ्चालक अजय खडका आदिको उपस्थिति रहेको थियो। डुनेसाविसको अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभाध्याक्षतामा सम्पन्न कार्यक्रमको प्रथम सत्रमा साहित्यकार चन्द्रबीर प्रधानको प्रतिकृतिमा धुपदीप प्रज्वलन साथै माल्यार्पण गरिएको थियो भने जयगाउँ चिनारी एकाडेमीका विद्यार्थी कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेको थियो।

कार्यक्रमको बीच सत्रमा समितिको कार्यकारी अध्यक्ष तथा कथाकार/कवि अबीर खालिङकृत कथा सङ्ग्रह विस्थापनको विधिवत विमोचन गरिएको थियो। खालिङको कथा सङ्ग्रह विस्थापनमाथि समालोचक रुपेश शर्माले छोँटो चर्चा राखेको थियो। सो पश्चात नै डुवर्स नेपाली साहित्य विकास समितिद्वारा चयनित चारजना स्रस्टाहरू क्रमैले साहित्यको क्षेत्रमा दशौँ चन्द्रबीर प्रधान स्मृति पुरस्कार मननारायण प्रधानलाई, समाजसेवाको क्षेत्रमा नवौँ हैकमसिंह राई स्मृति पुरस्कार महिपाल सुब्बालाई, छैटौँ कितापसिंह राई स्मृति पुरस्कार शिक्षा क्षेत्रमा दुर्गा थापालाई र नवौँ बीबी दर्नाल स्मृति पुरस्कार संगीत/संस्कृति क्षेत्रमा लक्ष्मण लिम्बुलाई प्रदान गरियो।

प्रत्येक पुरस्कृत स्रस्टाहरूले डुवर्स नेपाली साहित्य विकास समितिप्रति आभार व्यक्त गर्दै समितिको कार्यक्षेत्रमा अझैँ वृद्धिको कामना गरे। कार्यक्रम सम्बन्धमा डुनेसाविस मूलसचिव रबिन खवासले समितिको यो स्वर्ण जयन्तीको शुभारम्भ पनि भएको र यसै क्रममा बर्षेणी गरिने पुरस्कार अलङ्करण समारोह सफल रुपमा सम्पन्न भएको बताउँदै समितिको कार्यकारी अध्यक्ष तथा विशिष्ट कथाकार/कवि/आख्यानकार अबीर खालिङकृत ‘विस्थापन’ कथा सङ्ग्रहको पनि विमोचन गरिएको जनाएका छन्। डुवर्स नेपाली साहित्य विकास समिति र जयगाउँ समाज कल्याण संघको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको सञ्चालन समितिको पक्षबाट अजय खड्का र रुपेश शर्मा अनि समाज कल्याण संघको पक्षबाट पेमा रोकाले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *