खरसाङ: खरसाङको तीनधारेमा ९ दिवसीय संगीत श्रीमद भागवत देवी महापुराण शुरु भएको छ। तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा कलश यात्रासितै ९ दिवसीय श्रीमद भागवत देवी महापुराण शुरु भएको छ। उक्त कलश यात्रा रामेश्वर शिवालय मन्दिरबाट शुरु भएर रेलवे स्टेशन हुँदै एनएच ५५ भएर अप्पर गोलाईसम्म पुगेर तीनधारे परिक्रमा गरी मन्दिर परिसरमा आएर समाप्त भएको थियो।

अब लगातार रूपमा कथा वाचन र संगीतमय भजन कीर्तनको कार्यक्रम आयोजना हुने जानकारी प्राप्त भएको छ। उक्त ९ दिवसीय देवी महापुराण आगामी ४ फरवरीसम्म चल्ने भएको जानकारी प्राप्त भएको छ। उक्त ९ दिवसीय श्रीमद भागवत देवी महापुराणमा मुख्य वाचकको रूपमा उमेश चापागाईं, उप वाचकको रूपमा कमल दाहाल, गणेश गुरुजीमा प्रेमप्रसाद उपाद्यय, संगीतकारमा लक्ष्मण काँफ्ले, टबलामा जयदीप बरूवा, बाँसुरीमा सुरेन सुब्बा, प्याडमा रोमन राई रहेको जानकारी प्राप्त भएको छ।

उक्त श्रीमद भागवत देवी महापुराणको अन्त्य ४ फरवरीमा पूर्णावतीसितै समाप्त हुने जानकारी तीनधारेबाट बिनय छेत्रीले दिएका छन्।









