बिहार: नवौं पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

258p87ds_rohit-sharma_640x480_02_November_23.jpg

पटना: नितिश कुमारले बिहारको मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन्। आइतबार बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले नितिश कुमारलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराए। योसँगै नितिश कुमारले नवौं पटक बिहारको मुख्यमन्त्री बन्ने गौरव हासिल गरेका छन्। मुख्यमन्त्रीको सिंहासन सम्हाल्नुअघि आइतबार नितिश कुमारले महागठबन्धनसँगको सम्बन्ध तोडेर राजभवन गएर राजीनामा दिएका थिए। यसपछि उनी पहिले जेडीयु विधायक र त्यसपछि एनडीए विधायक दलको नेताको रूपमा निर्वाचित भए। ९ अगस्त २०२२ मा नितिश कुमारले आठौं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएक थिए। आज (२८ जनवरी)मा शपथ ग्रहण गर्दै नितिश कुमार नवौं पटक बिहारको मुख्यमन्त्री बन्ने भएका छन्। नितिश कुमारलाई मुख्यमन्त्री बनाउनेसँगै पहिले जस्तै भाजपाले पार्टी कोटाबाट दुई उपमुख्यमन्त्री दिएको छ।
राज्यपालले नितिश कुमारसहित नौ जनालाई पद तथा गोपनियताको शपथ ग्रहण गराए। नितिश कुमार बाहेक भाजपा कोटाबाट उपमुख्यमन्त्री पद पाएका दुई अनुहारमा सम्राट चौधरी र विजय सिन्हा छन्। नितिश कुमारपछि सम्राट चौधरीले शपथ लिएका छन्। यसबाहेक विजय चौधरी, श्रवणकुमार, डा.प्रेमकुमार, सन्तोषकुमार सुमन, विजेन्द्र यादव, सुमित सिंहले मन्त्रीको शपथ लिएका छन्। यस शपथ ग्रहण समारोहमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, लोजपा (रामविलास) राष्ट्रिय अध्यक्ष चिराग पासवान, पशुपति पारस, जीतनराम मांझीलगायत एनडीए घटकका सबै नेताहरू उपस्थित थिए।
यदि नितिश कुमारको राजनीतिक करियरको कुरा गर्ने हो भने करिब २४ वर्षको यो राजनीतिक अवधिमा नितिश कुमार आठ पटक बिहारको मुख्यमन्त्री बनेका थिए। बिहारको मुख्यमन्त्री बन्नुअघि नितिश कुमार अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको केन्द्रीय सरकारमा पनि मन्त्री थिए।
नितिश कुमार पहिलो पटक ३ मार्च २००० मा बिहारको मुख्यमन्त्री बने। नितिश कुमार सन् २००० मा पहिलो पटक सात दिनको लागि मुख्यमन्त्री बने। २४ नोभेम्बर २००५ मा नितिश कुमार दोस्रो पटक सीएम बने। तेस्रो पटक, नितिश कुमार २६ नोभेम्बर २०१० मा बिहारमा सत्तामा आए। नितिश कुमार २२ फरवरी २०१५ मा चौथो पटक बिहारको मुख्यमन्त्री बने। त्यसपछि २० नोभेम्बर २०१५ मा नितिश कुमारलाई पाँचौं पटक ताज पहिराइएको थियो। २७ जुलाई २०१७ मा नितिश कुमार छैटौं पटक बिहारको मुख्यमन्त्री बने। नितिश कुमारलाई १६ नोभेम्बर २०२० मा सातौं पटक मुख्यमन्त्रीको रूपमा ताज पहिराइएको थियो। नितिश कुमारले ९ अगस्त २०२२ मा आठौं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएl नितिश कुमारलाई मुख्यमन्त्री बनाउनेसँगै पहिले जस्तै भाजपाले पार्टी कोटाबाट दुई उपमुख्यमन्त्री दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement