एघाह्रौं शहीद गोल्ड कपको फाइनलमा पुग्यो कञ्चनजंघा एफसी

photocollage_2024128173928859.jpg

खरसाङ, २८ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा आइतवार भएको टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा केएफसी-ले ईष्ट बेंगल एकाडमी, राजगञ्जलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आमिर लामाले छैटौं र सन्दीप लिम्बुले ७१औं मिनटमा गोल गरे। सन्दीप लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार (२९ जनवरी) खेलिने दोस्रो सेमिफाइनलमा कालेबुङको युनाइटेड ब्रदर्स र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। फाइनल ३१ जनवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement