आज कोचबिहार पुग्दै मुख्यमन्त्री ममता ब्यानर्जी

IMG-20240128-WA0255.jpg

रास मेला मैदानमा जनसभालाई गर्नेछिन् सम्बोधन

कोचबिहार। लोकसभा चुनाउको मिति घोषणा हुनुअघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी फेरि एकपटक उत्तरबंगालको आकस्मिक भ्रमणमा छिन्।
आज अर्थात आइताबार उनले कोलकाताबाट हाँसीमारा एयरफोर्स बेसको निम्ति सिधा उडान भरेकी छिन्। उनी हाँसीमारास्थित वायुसेना बेसबाट कोचबिहार प्रस्थान गर्नेछिन्। त्यहाँ रात बिताएपछि उनी भोलिपल्ट २९ जनवरी दिउँसो अधिकारिक कार्यक्रममा सहभागी हुनेछन्। मुख्यमन्त्रीले सोही दिन दिउँसो सिलगढीको फुलबारीमा एक औपचारिक कार्यक्रममा भाग लिने कार्यक्रम छ।

यता मुख्यमन्त्रीको कोचबिहार रासमेला मैदानमा जनसभा कार्यक्रम र बैठकका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement