कांग्रेस नेता जयराम रमेशले नितिश कुमारलाई गरे छेपारासँग तुलना

IMG-20240128-WA0173.jpg

जलपाइगढी। बिहारका मुख्यमन्त्री नितिश कुमार र राहुल गान्धीको भारत जोडो न्याय यात्रामा कंग्रेसका वरिष्ठ नेता जयराम रमेशले आफ्नो प्रतिक्रिया दिएका छन्। जयराम रमेशले आइताबार जलपाइगढीमा पत्रकारहरुसँग बोल्दै नितिश कुमारले भाजपाविरुद्ध लड्ने अनुमान गरेका थियौं तर नितिश कुमार टर्नकोट विशेषज्ञ साबित भएको बताउँदै नितीश कुमारको तुलना छेपारोसँग गरेका छन्। पत्रकारसँग कुरा गर्दै जयराम रमेशले भारत गठबन्धनका अहिलेसम्म भएका तीनवटै बैठकमा नितिशकुमारको ठूलो योगदान रहेको भन्दै भारतीय जनता पार्टीविरुद्ध लड्ने अनुमान गरेका बताउँदै अझै पनि देशमा भारत गठबन्धन बलियो होस् भन्ने चाहेको जनाएका छन्। मल्लिकार्जुन खर्गे र ममता ब्यानर्जीबीच गठबन्धनको विषयमा वार्ता भएको र ममतासँग सबै मतभेद समाधान हुने र मल्लिकार्जुन खर्गेले ममतालाई पत्र पनि लेखेका जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *