स्वर्ण पदक विजेता श्रीमती सरस्वती रसाईलीसित केही क्षण

e08ec25c-a98e-4e54-9fe9-8a5d74d7355c


रवि रोदन


“As women achieve power, the barriers will fall.”
Ruth Bader Ginsburg
आजका नारीहरू पुरूषहरू भन्दा कुनै क्षेत्रमा पछि परेका छैनन्। घर गृहस्थीको सारा दायित्व, आफ्ना बाल बच्चा र परिवारको हेरचाह गर्दै सुन्दर भविष्यको परिकल्पनालाई साकार गर्न उनीहरू सक्षम बनेका छन्। आफ्ना सारा जिम्मेवारी वहन गरी आफुले गाउँ समाजको हितमा केहि गर्ने भनी सही समयमा लिएको सकरात्मक निर्णयले समाजमा नारीहरूले आफ्नो छुट्टै स्थान बनाएकी छिन्। अड़चन र विघ्न बाधाहरूलाई तोडेर बाहिर निस्किने यी आँटिला नारीहरूले समाजमा ठुल-ठुला बदलावको कुराहरू ल्याएका छन्। परस्थितिलाई बदलने सहास गर्छन् सँधै नारीहरू। जब नारीहरू केहि गर्छु भनेर अडिग हुन्छन् र घरको संघार नागेर बाहिरन्छन् तब उनीहरू आफुसित भएको प्रतिभालाई निखार्न सक्षम बन्छन्। घरको चुलाचौकादेखि बाहिरको संसारमा उनीहरूले रूचाएको व्वयसायमा जब हात लाउँछन् उनीहरू आफ्नो लगन र परिश्रमबाट आफ्नो नाउँ स्थापित गर्न सफल बन्छन्। एउटी नारीले नाम कमाउनु भनेको त्यो उनको व्यक्तिगत यशको लागि मात्र नभएर परिवार, गाउँ, समाज र देशको हितक लागि ठुलो सफलता मान्न सकिन्छ जसले सँधै गर्व महसुस गराउँछ।
नेपाली समाजले पनि यस्ता धेरै नारीहरू जन्माएको छ जोहरूले गरेको कामबाट नेपाली समाजलाई गौर्विन्तित बनाएको छ। आफुमाथि गरेको विश्वास र सहास गर्ने नारीहरू सफलताको शिखरतिर लम्किएको यस्ता थुप्रै उदाहरण हामीसित छ। नारीहरूले गरेको यस्ता कामहरू जे होस् त्यसमा पाएको सफलता र त्यसपछिको संघर्षको कुरा साथै चर्चा हुन आवश्यक छ। समाजमा नारीलाई केही गर्न सक्दैनन् भन्नेहरूको लागि यो एउटा ठुलो पाठ पनि हुन जान्छ साथै ती काम र सफलताहरूले अन्य नारीहरूलाई पनि केही गर्न सकिने जाँगर र प्रोत्सहान दिन गर्दछ। आज यस्तै एक प्रतिभाशाली गृहनी श्रीमती सरस्वती रसाईलीबारे पाठकहरूमाझ उनले कमाएको ख्याति र कामबारे पाठकहरूमा चर्चा र उहाँसित गरेको कुराकानी यहाँ प्रस्तुत गर्न लागेको छु। मार्चक पूर्व सिक्किम निवासीबिमला खातीकी र स्वर्गीय बिरेन्द्र रसाईलीको पाँच सन्तानहरूमा सरस्वती रसाईली जेठी सुपुत्रीको रूपमा जन्मिएकी हुन्। आफ्नो प्राथमिक शिक्षा यिनले रानीपूल स्कुलबाट उतिर्ण गरेकी हुन्। घरको कतिपय अभिभारा सानै उमेरमा लिनुपर्दा पढाई अपुरो राखेर घरको जिम्मेवारीतिर लागिन्। र अलिक पछि आफ्नो पढाईलाई निरन्तरता दिन लागिन् र बाह्रौ श्रेणी उत्तीर्ण गरिन्। एनएचपीसीमा स्टेनोग्राफरको रूपमा केही वर्ष काम गरिन् यसै बीच यिनलाई गल बल्डर स्टोनको (पत्थरी) समस्या भयो र भेलोरसम्म पुगेर अप्रेशन गरेर आइपुगिन्। अनि दरामदिन निवासी श्री सागर मोहरासित वैवाहिक शुत्रमा बाँधिन र उनी एउटो छोरोको आमा बनिन्।


विवाह पश्चात एउटा छोरोको आमा भएपछि बीए गर्ने निर्णय गरिन्। परिवारको सबै जिम्मेवारी पुरा गर्दै पाकिम जिल्ला अन्तर माझिटार, खानीखोला स्थित गैर सरकारी स्कूल (NEW VISION ACADEMY)मा शिक्षण पेशामा लागिन् र सँगसँगै (इग्नो) डिस्टेन्सबाट बि.ए मा स्नातक गरिन्। शिक्षण पेशामा रहँदै जाँदा शारिरिक रूपमा केहि समस्याहरू फेरि आयो, यिनलाई फेरि किड्नी स्टन भयो र शरिरको तौल पनि निकै बड़यो। अप्रेशन गरेपछि शारिरिक रूपमा फिट हुनु आवश्यक सम्झेर यिनले जिम ज्वाइन गरिन्। आफ्नो स्कुले जीवनमा यिनी खेलकुदमा बड़ी सहभागिता जनाउँथिइन्। घरमा अन्य सदस्यहरूमा र स्कूलमा आफ्ना साथीहरू मध्ये पनि यिनी अगली काठीको भएकोले यिनलाई खेलकुदमा यसको फायदा मिल्यो। जिममा व्ययाम गर्न हेतुले पुगेकी यिनको परिश्रम र शारिरिक ढाँचालाई हेरेर यिनका जिम इन्स्ट्रक्टरहरूले (OPEN INCLINE BENCH PRESS WEIGHT LIFTING) तिर प्रवेश गर्नप्रेरित गराएको बताउँछिन्। खेलकुदतिर यिनको प्रवेशको प्रेरित गर्ने कथा यहीँबाट आरम्भ हुन्छ।
आज यसै खेलबाट यिनले राष्ट्र र अन्तराष्ट्रिय प्रतियोगिताहरूमा भाग लिएर थुप्रै तकमा (मेडल) प्राप्त गरेकी बताउँछिन्। त पाठकवृन्द! सरस्वती रसाइलीसित लिएको छोटो अन्तर्वार्ता यहाँ जस्ताको त्यस्तै राख्न चाहे-
तपाईँको यो खेलकुद यात्रा कहिले र कहाँबाट आरम्भ भयो?
स.र–
म सानोदेखि खेलकुद प्रति बढ़ी चासो राख्थे र धेरै वर्षपछि सन् २०१७ मा फिटनेसको निम्ति मैले BODY CRAFT GYM ज्वाईन गरे र आफ्नो शारिरक तौल घटाएपछि मलाई मेरा जिम इन्स्ट्रक्टरहरूले यस खेलको लागि तैयारी गर्ने सुझाव दिए र सन् २०१९ देखि राज्य स्तरको मेरो खेल यात्राको (Iron Game strength Lifting र power Lifting) आरम्भ भयो।
यस खेलमा तपाईँ कसबाट प्रभावित हुनुभयो?
स.र-
मणिपुरबाट र भारतको प्रथम महिला बक्सर मेरी कोमको जीवनबाट म ज्यादै प्रभावित भएको हुँ।
उनलाई आफ्नो आइडल बनाएर म यस खेलमा अघि बढ़ेकी हूँ।
अहिलेसम्म देश-विदेश गरेर कुन कुन ठाउँमा यो खेल खेलि सक्नुभयो?
स.र-
मैले राज्य स्तरमा (OPEN INCLINE FIRST BENCH PRESS CHAMPION-2019) सिक्किम (मार्तम), 4TH SIKKIM (SUMOS GYM NAMCHI -2021) ( 5TH SIKKIM BAC MARTAM RUMTEK -2023) अनि राज्यदेखि बाहिर राष्ट्रिय स्तरमा (RAJASTHAN STRENGTH LIFTING 2021) ( COACH BIHAR STRENGTH LIFTING 2021) (EASTERN INDIA MIDNAPUR STRENGTH LIFTING-2021) कलकता, (10TH WORLD STRENGTH LIFTING AND INCLINE BENCH PRESS -2023, LAL BHADUR SASHTRI STADIUM, हैदराबादमा भएको नेपाल, अफगनिस्तान, बंगलादेश, इराक, सउदी अरब, काजिक्स्तान,यमन, भुटान, श्रीलंका, इरान, अमेरिका र सुदानका खेलाड़ीहरूसित प्रतिशपर्दा गर्ने मौका पर्दा यसैमा दुईवटा स्वर्ण पदक प्राप्त गर्न सफल बने भने भारतदेखि बाहिर अन्तराष्ट्रिय स्तरमा नेपालको झापा र ललितपुरसम्म पुगेर मैले यस खेलमा सहभागिता जनाइसकेको छु।
तपाईँ एक गृहणी पनि हुनहुन्छ र कसरी समय मिलाउनु हुन्छ यस खेलको लागि?
स.र-
म बिहानको पाँच बजे उठेर जिम पुगेर वर्कआउट गर्छु र त्यसपछि घरको कामहरू सक्छु यसमा मेरा श्रीमान र छोरोले पनि मलाई ठुलो सहयोग गर्छन्।
अहिलेसम्म कतिवटा र कस्ता कस्ता मेडल प्राप्त गर्नुभएको छ?
स.र-
अहिलेसम्म राष्ट्रिय र अन्तराष्ट्रिय गरेर मैले १४ वटा स्वर्ण पदक, चारवटा रजत पदक र तीनवटा काँस्य पदक जितेर ल्याएकी छु।
घरबाट तपाईँलाई कस्तो सहयोग मिलेको छ? यसरी बाहिर खेलमा जाने खर्चाहरू कसरी जुटाउनुहुन्छ?
स.र-
घर परिवार, आफन्त इस्टमित्रहरूको ठुलो सहयोग मलाई सँधै मिलेको छ। खर्चाको सहयोग आफ्नो कम वेतनले पुग्दैन र मलाई उत्साहित गर्न यसमा मेरा परिवार र मेरो लोग्नेले जागीर खाँदै गरेको सिक्किम मणिपाल तकनिकि संस्थान (SMIT) RANGPO ले 2023 मार्च महिनामा काठमाण्डौमा आयोजित अन्तराष्ट्रिय खेलमा आर्थिक सहयोग गरेको थियो भने सिक्किम मणिपाल गैर सरकारी संस्थान (NTS) माझिटारबाट सन् २०२३ को दिसम्बरमा आयोजित खेलमा घरमा आएर सहयोग र शुभकामना दिएका थिएँ र वर्तमान एसकेएम सरकारमा रहनुहुने उर्जा एंव दरामदिन निर्वाचन क्षेत्रका क्षेत्र विधायक श्री एमएन शेर्पाज्यूँले केहि आर्थिक सहयोग पुराउनु भएको थियो र अन्य साथी भाईहरूबाट पनि आर्थिक सहयोग मिलेको छ। उहाँहरूप्रति म सँधै आभारी रहन्छु।
सिक्किममा गृहणीहरू यस खेलप्रति कतिको चासो देखाउँछन्?
स.र-
अहिले सिक्किमका नारीहरू शिक्षित भएकोले विभिन्न पेशामा भएर आफ्नो गृहणी जीवनबाट समय निकालेर आफु शारिरक रूपमा फिट रहनुपर्ने सोचमा जुम्बा र जिम क्लाससित जुड्ने चासो देखाएको पाइन्छ। एउटा स्वास्थ समाज बनाउन सिक्किमका नारीहरू निकै अघि आएको देखिन्छ र यसरी पेशामा रहने नरहनेको चासो यो खेलमा देखिएको पाइन्छ।
शारीरिक व्ययामले शरीरलाई तन्दुरस्त राख्ने साथै यस खेलमा गृहणीहरूले पनि भाग लिएर के के गर्न सक्छन्? उनीहरूलाई के सन्देश दिन चहानुहुन्छ?
स.र-
शारीरिक व्ययामले शरीरलाई तन्दरूस्त गर्नु बाहेक विभिनन् तनाव र रोगहरूबाट हामीलाई जोगाउने त गर्छ नै तर यस खेलमा आफ्नो अभिरूचि देखाएर आउने महिलाहरूको भविष्य सुनौलो छ। यस खेलबाट राज्य देश विदेश भएर आफ्नो देशलाई प्रतिनिधि गर्ने काम गर्ने एउटा सुनौलो मौका पनि छ। नारी स्वस्थ रहनु समाज र देश स्वस्थ रहनु हो।
यसो भनिन्छ हरेक सफलता पछि कसैको साथ र हात हुन्छ, तपाईँको यस खेल यात्राको सफलताको श्रेय कस कसलाई दिनुहुन्छ?
स.र-
मेरो सफलतापछि धेरै जना छन् जसबारे मैल बताउनैपर्छ, सर्वप्रथम मलाई जन्मदिने मेरी प्यारी आमा जसको प्रार्थना आशीर्वाद र प्रोत्सहानले मलाईसँधै हिम्मत दिइरह्यो। मेरो आमा र स्वर्गीय बाबुको सेवा गरेको आशीर्वादले म यहाँसम्म आइपुग्न सफल भएकी हो। दोस्रो मेरो प्यारो श्रीमान सागर मोहराको सहयोग र साथ त मलाई सँधै रहेको छ। मेरो छोरो आयुष जो ठुलो भएको छ (दसौँ श्रेणीमा अध्ययनरत) उसको माया र साथ पनि घरमा मिलेको छ, त्यसपछि यस खेलमा मलाई भाग लिनलाई उत्साहित गर्ने (माझीटार बडीक्राफ्ट जिम) मेरो प्रथम इन्स्ट्रक्टर मिस्टर दार्जीलिङ पाल्देन तामाङ अनि प्रशिक्षक श्री पेमा दोर्जी भुटिया (आइरन म्यान फा दार्जीलिङ) को मलाई सँधै साथ र यस खेललाई निरन्तरता दिइरहनु भन्ने उहाँहरूको भनाई मेरो लागिह शक्ति प्रदान गर्ने कुरा भएको छ।
सरकारले यस खेलमा सिक्किमे नारीहरूलाई कतिको सहयोग गर्दैछन्?
स.र–
अहिलेको वर्तमान सरकारले प्रतिभा हुने हरेक कलाकार साहित्यकार र विशेष गरि खेलकुदको माध्यमबाट युवाहरूलाई माथि पुराउने काम गर्दै आएको छ। भारी रकम भएको नगद पुरस्कार राखेर फूटबल भलीबलको वार्ड लेबलमा आयोजना गरेर युवाहरूलाई नशालु कुलतहरूदेखि टाडो राखेर धेरै प्रतिभाशाली खेलाडीहरू तैयार पारेका छन्। हामी नारीहरू खेलकुदप्रतिको अभिरूचि राख्नेप्रति पनि सरकारको सकरात्मक सोचाई र सहयोग धैर थोर भएकै छ। हाम्रा वर्तमान मुख्यमन्त्री श्री पीएस तामाङ (गोले) सर आफै पनि खेलप्रेमी भएकोले यस क्षेत्रमा सरकारले ठूलो विकास गरेको छ, जसबारे धेरै बताउन आवश्यक छैन। उनले प्रतिभा भएका खेलाड़ीहरूको कदर गर्दै आएका छन् र गरिरहनेछन्।
तपाईँको भावी योजना के छ त, यस खेललाई लिएर…?
स.र–
यस खेलबाट आफ्नै राज्यमा केहि गर्ने संक्ल्प गरेकी छु। मेरी आमाले मलाई म जन्मिएको ठाउँ मार्चकमा उपहार स्वरूप एउटा घर बनाउने घड़ेरी दिनु भएको छ। यदि वर्तमान सरकारको सहयोग पाएँ भने त्यहाँ घर बनाएर मेरो मावली गाउँमा जिम खोलेर गाउँको नारी छोरीहरू, युवाहरूलाई यस खेलप्रतिको चासो दिलाएर उनीहरूलाई राम्रो प्रशिक्षण दिएर अघि बड़ाउने एउटा सपना बोकेकी छु। गाउँ र समाजको विकास र उन्नतिमा म एउटा राष्ट्रिय र अन्तराष्ट्रिय तह खेलेको खेलाड़ीले आफ्नै गाउँमा यो सेवा पुराउन सकुँ भन्ने कामना साथै सरकारप्रति पनि आशावादी छु।
युवाहरूलाई केहि सन्देश दिनुहुन्छ कि ..?
स.र-
युवाहरू भविष्यका कर्णधारहरू हुन्। आफ्नो युवा उमेरबाट अनुशाषित भअर जिउन सिक्नुहोस्, कुलत र असमाजिक तत्वहरूबाट टाड़ो रहेर आफ्नो पढ़ाई, करियरमाथि फोकस गर्ने। आमा बुबालाई सम्मान जनाउने ठुलै केहि गर्न नसके पनि आफ्नो कामप्रति इमान्दर रहेर सानै काम पनि लगनसित गरेर आत्मसन्तुष्टि प्राप्त गर्ने। कला साहित्य खेलकुद जुनै क्षेत्रमा हुनुहुन्छ त्यसबाट नै केहि गरेर अघि बढ्नुहोस्। आफ्नो जीवनमा जसबाट ज्यादा प्रभावित हुनुभएको छ (आमाबाबु, दाजु, दिदी, शिक्षक, कलाकार, खेलाड़ी जो कोहि पनि हुनसक्छ) उनलाई आफ्नो आदर्श मानेर हिड्नुहोस्। लक्ष्य बोकेर हिड्नुहोस् सफलता तपाईँलाई पछ्याउँदै आउने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *