चारधाम यात्रा गर्दै साइकल आरोही जयगाउँमा

कालचिनी: असम तीनसुकियाबाट विगत २५ अप्रेलको दिनदेखि साइकलमा सवार भएर निस्किएको २४ बर्षीय रोशनकुमार पण्डित आज भारत भोटाङ सीमान्त सहर जयगाउँमा आईपुगेको थियो।
यस क्रममा पत्रकारहरूसितको कुराकानीमा साइकल आरोही रोशन कुमार पण्डितले आफूले चार धामको यात्राको क्रममा यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको भ्रमण सकेर मथुरा, वृन्दाबन, आगरा र दिल्ली हुँदैँ आजसम्म ५५०० किलोमीटरको यात्रा तय भएको र आज भारत भोटाङ सीमान्त सहर जयगाउँमा आईपुगेको र यहाँबाट शुक्रबार असमतर्फ प्रस्थान गर्ने तिनले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement