सिलगढी: सिलगढीको २६ नम्बर वार्डमा तृणमूल कङ्ग्रेस तथा बाबुपाडा बोइस क्लबको संयुक्त पहलमा बोइस क्लब मैदानमा दुईदिने सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्ट हिजोदेखि शुरू भएको हो। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले हिजो दीप प्रज्ज्वलन गरेर टुर्नामेन्टको उद्घाटन गरे। यस अवसरमा वार्ड पार्षद शिक्ता दे बसु राय लगायत अन्य उपस्थित थिए। उक्त टुर्नामेन्टमा मोठ १६ वटा टोलीले अंश ग्रहण गरेको छ।

दुई दिने उक्त टुर्नामेन्टमा पुरस्कार स्वरूप म्यान अफ द म्याच बाहेक च्याम्पियन टीमलाई २२,२२२ रुपियाँ अनि उपविजेता टीमलाई १४,४४४ रुपियाँ तथा आकर्षक ट्रफी प्रदान गरिनेछ।