राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले आज बेलाकोवामा नयाँ पुल निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको शिकारपुर ग्राम पञ्चायतको पतिलाभाषा इलाकामा तालमा नदीमाथि पुल निर्माण गरिने भएको छ। लोक निर्माणको फन्डबाट लगभग १२ करोड रुपियाँको लागतमा यो पुलको निर्माण गरिनेछ। विधायक खगेश्वर राय एवम् जिल्ला परिषदकी सभाधिपति कृष्णा राय बर्मनले आज पुल निर्माण कार्यको शिलान्यास गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, यो पुल वाम कालमा बनाएको थियो भने धेरै अघिदेखि उक्त पुल बेहाल अवस्थामा रहेको छ। यसैले उक्त पुल भएर गह्रौँ वाहनहरू आवाजाही गर्न सकेको छैन। आज उक्त पुलको शिलान्यास गरियो। यदि यो पुलको निर्माण गरेपछि इलाकाका मानिसहरूलाई निक्कै फाइदा पुग्नेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, राजगञ्जका बीडीओ प्रशान्त बर्मन, जिल्ला परिषद अधिकारी महुआ गोप लगायत अन्य उपस्थित थिए।