अलिपुरद्वार: लोकसभा चुनाउपूर्व अलिपुरद्वारमा भारतीय जनता पार्टी (भाजपा) सशक्त भएको छ। निर्दलीय पञ्चायत सदस्यहरू सहित केही तृणमूल कार्यकर्ताहरू भाजपामा सामेल भए। यसै सूचीमा दुई पूर्व पञ्चायत सदस्य पनि सामेल छन्। प्राप्त जानकारी अनुसार बितेको शनिवार साँझ बादलनगर स्कूल मैदानमा आयोजित एक कार्यक्रम अवधि पञ्चायत सदस्यहरू सहित लगभग पचासजना मानिसहरू भाजपामा सामेल भए। भाजपामा सामेल हुने निर्दलीय पञ्चायत सदस्यहरूमा उमा दास, पूर्व तृणमूल पञ्चायत सदस्य शम्पा कर, बिशु रय समेत अन्य मानिसहरू सामेल छन्। भाजपामा सामेल भएपछि यी आगन्तुकहरूले भने, उनीहरू मोदीजीको नेतृत्वमा देशको विकासमा आफ्नो योगदान दिन चाहन्छन्।











