गोरामुमो सोनादा टुङ समष्टिको सांङ्ठनिक सभा सम्पन्न

IMG-20240128-WA0153.jpg

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक विस्तारलाई तीब्रता दिन्दै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक अन्तर्गत विभिन्न समष्टिहरुमा सभाको आयोजना गरिरहेका छन्। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिको आज टुङ पार्टी कार्यालयमा सांङ्ठनिक सभा बस्यो। समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा बसेको सभालाई सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। सभामा समष्टि कार्यकारिणी प्रतिनिधिवर्ग, सोनादा टाउन कमिटी, गोरायुमो प्रतिनिधिवर्ग अनि गोरानासंका प्रतिनिधिवर्ग उपस्थिति रहेका थिए। सभापछि भुपेन गुरुङले जानकारी गराउदै भने, अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आफ्नो संगठनलाई बलियो बनाउन साथै वर्तमान समय दिल्लीमा अध्यक्ष मन घिसिङ साथै गृहमन्त्रीसंग स्थायी राजनैतिक समाधान विषय लिएर चलिरहेको वार्ता विषयमा सभामा जानकारी गराउने उद्देश्यले सभाहरुको आयोजना गरिएको भुपेन गुरुङले जानकारी दिएका छन्। उनले थप जानकारी गराए अनुसार अध्यक्ष मन घिसिङले पार्टी हेरेर होइन तर जातिलाई हेरेर दिल्लीमा निरन्तर कार्य गरिरहेका छन्। अध्यक्ष मन घिसिङले दिल्लीमा गृहमन्त्री लगायत केन्द्रीय मन्त्रीहरुसंगको भेटघाट साथै वार्तालाप गर्ने कार्यलाई जारी राखेका छन्। अध्यक्ष मन घिसिङको लक्ष्य भनेको केवल जातिको उन्मुक्ति हो वहाँको हातलाई बलियो बनाउनको निम्ति तपाईं हामीले कम्मर कस्नु पर्छ यसैकारण अब हामीले संगठनलाई पनि बलियो बनाउनु पर्छ। संकल्प पत्रमा उल्लेख गरिएको आधारमा नै अध्यक्ष मन घिसिङले कार्य गरिरहेका छन्। संघर्ष जारी छ सम्पुर्ण गोर्खा जाति एक भएर उँभिए गोर्खा जातिको भलो हुन्छ यसो भएको खण्डमा गोर्खाको आङमा निश्चय नै न्यानो घाम लाग्नेछ। गोरामुमोको लक्ष्यनै गोर्खा जातिको उन्मुक्ति हो यसको निम्ति अध्यक्ष मन घिसिङ निरन्तर लागि परेका छन्। यसैकारण हामी उनको हातलाई बलियो बनाउन लागि पर्नु पर्ने भुपेन गुरुङले अपिल समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement