भारत विरुद्ध जो रुटको विश्व रेकर्ड

IMG-20240128-WA0148.jpg

हैदराबाद, २८ जनवरीः ईंग्ल्याण्डका ब्याटर जो रुटले भारत विरुद्ध जारी पहिलो टेस्ट म्याचमा ब्याटको साथ प्रभावशाली प्रदर्शन गर्न नसके पनि केही रन बनाएर आयोजक देश विरुद्ध एउटा विश्व रेकर्ड चाहिँ अवश्यै बनाए। रुट अहिले टेस्ट क्रिकेटमा भारत विरुद्ध सर्वाधिक रन बनाउने खेलाड़ी बनेका छन्। यस मामिलामा उनले अष्ट्रेलियाका पूर्व कप्तान रिकी पण्टिंगलाई पछि छोड़े। पण्टिंगले आफ्नो करियरमा भारत विरुद्ध टेस्ट क्रिकेटमा २५५५ रन बनाएका थिए। यसरी रुटले अहिलेसम्म २५५६ रन बनाएका थिए। यस सूचीमा ईंग्ल्याण्डकै एलिस्टेयर कुक (२४३१ रन) तेस्रो, वेष्ट इण्डिजका क्लाइव लोयड (२३४४ रन) चौथो र पाकिस्तानका जावेद मियादाद (२२२८ रन) पाँचौं स्थानमा रहेका छन्। यसरी वेष्ट इण्डिजका शिवनारायण चन्द्रपल (२१७१) छैटौं, अष्ट्रेलियाका माइकल क्लार्क (२०४९) सातौं र त्यही देशका स्टीव स्मिथ (२०४२) आठौं स्थानमा छन्। रुटले भारत विरुद्ध पहिलो टेस्टको दुईवटा ईनिंग्समा २९ र २ रन मात्र बनाउन सके। रुटको नाममा टेस्ट क्रिकेटमा ३० वटा शतक र ६० वटा अर्द्धशतक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement