दार्जीलिङ। स्थानीय ग्रामीण जनताको सुविधाका लागि मिरिक महकुमा अन्तर्गत सौरेनी १ नम्बर ग्राम पञ्चायतको सौरेनी बजारमा समस्या समाधान हेतु जनसंयोग शिविर शुरु भएको छ। पञ्चायत समितिका सचिव रुद्रप्रसाद शर्माले यस शिविरबाट ग्रामीण जनतालाई विभिन्न सरकारी सुविधा लिन आग्रह गरेका छन्। समस्या समाधानको निम्ति जनसंयोगलाई सफल बनाउन ग्राम पञ्चायतका उपप्रधान अजित क्षेत्री, सदस्य कल्पना दिवान, सञ्जय ढकाल, विकास शर्मा, आदेश राई, ललिता लामा, हेमकुमार सुब्बा, पञ्चायत समिति सदस्य आदित्य प्रधान, पञ्चायत कार्यकर्ता बरुण चन्द्र प्रधान, पुकार प्रधान आदिले संयोग शिविरमा विशेष योगदान रहेको बताइएको छ।








