मेलबर्न, २८ जनवरीः आर्यना सबालेंकाले महिला एकलको एकतर्फी फाइनलमा चीनकी झेंग क्विनवेनलाई ६-३, ६-२-ले पराजित गरी अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा लगातार दोस्रोपल्ट खिताब जितिन्। दोस्रो वरीयता प्राप्त बेलारुसकी सबालेंकाले दोस्रो गेममा झेंगकी सर्विस तोड़िन् अनि पहिलो सेट केवल ३३ मिनटमा जितिन्। दोस्रो सेटको शुरुवातमा १२औं वरीयता प्राप्त झेंगकी सर्विस तोड़ेपछि उनले म्याचलाई आफ्नो नियन्त्रणमा राखिन् अनि सजिलै जीत हासिल गरिन्। च्याम्पियन बनेपछि सबालेंकाले भनिन्, मेरो निम्ति यो हप्ता असाधारण रह्यो। यो एउटा अविश्वसनीय अनुभव हो।
सबालेंका २०१२ र २०१३-मा भिक्टोरिया अजारेंकापछि लगातार दुईपल्ट अष्ट्रेलियन ओपन महिला एकलको खिताब जित्ने बेलारुसकी दोस्रो खेलाड़ी हुन्। यसरी उनी २००० पछि कुनै पनि सेट नगुमाइ यहाँ च्याम्पियन बन्ने पाँचौं महिला खेलाड़ी हुन्। यस सूचीमा सेरेना विलियम्स पनि सामेल छिन्। चीनकी २१ वर्षीय झेंगको यो पहिलो ग्राण्ड स्ल्याम फाइनल थियो।