चार दिनमा बन्यो रेकर्ड
अयोध्या: राम मन्दिरमा भगवान श्रीरामको दर्शनका लागि अयोध्यामा भीड लागेको छ। भगवान श्रीरामको दर्शन गर्न भक्तजनको भीड लागेको छ भने मन्दिरमा उदारताका साथ भेटी पनि चढाइरहेका छन्। भक्तहरूले राम मन्दिरमा भेटीको पैसाको वर्षा गरिरहेका छन्। राम मन्दिर निर्माणका लागि स्वदेशबाट मात्रै होइन विदेशबाट पनि चन्दा आइरहेको छ। राम मन्दिरमा भक्तहरूले हृदय खोलेर भेटी चढाइरहेका छन्। अनलाइन र अफलाइन दुवै माध्यमबाट राम मन्दिरमा चन्दा लिइँदैछ। संचारमाध्यमको समाचारमा तथ्यांकअनुसार हालसम्ममा श्रीरामको दर्शनको पहिलो दिन २ करोड ९० लाख, २४ जनवरीमा २ करोड ४३ लाख, २५ जनवरीमा ८ लाख ५० हजार र २६ जनवरी गणतन्त्र दिवसमा १ करोड १५ लाख रुपियाँ भेटी चढाइएको छ। श्रीरामको प्राणप्रतिष्ठापछि सर्वसाधारणका लागि खुला गरिएको राम मन्दिरमा भक्तजनको भीड लागेको छ। रामपथ र मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको लामो लाइन देखिन थालेको छ। अत्याधिक चिसो, कुहिरो र शीतलहरका बीच मन्दिरबाहिर मानिसहरु लाइनमा उभिएका देखिएका छन्। भक्तजनहरु ‘जय श्री राम’को नारा लगाइरहेका देखिन्छन्। २७ जनवरी दिउँसो ३ बजेसम्म करिब ७५ हजार रामभक्तले श्रीरामको दर्शन गरेका छन्।