महिलाको शव उद्धार

16-50-49-Capture4-11.png

फाँसीदेवाः फाँसीदेवामा रेल लाइनबाट एकजना महिलाको शव उद्धार भएको छ। मृत महिला फाँसीदेवाको धामनागछ निवासी प्रगति कर्मकारको रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले फाँसीदेवाको निजबारी इलाकाको रेल लाइनमा क्षत-विक्षत अवस्थामा महिलाको शव देखे। घटनाको खबर पाएर फाँसीदेवा पुलिस तथा रेल पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरंबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement