काेलकाता: पश्चिम बंगाल भाजपा नेता दिलीप घोषले एकपल्ट फेरि मुख्यमन्त्री ममता ब्यानर्जीमाथि हमला बोलेका छन्। सेण्ट्रल फण्ड रिलीज नगर्दा ठूलो आन्दोलनको चेताउनी दिने ममता ब्यानर्जीमाथि प्रश्न उठाउॅंदै उनले भने, केन्द्रले जुन पैसा पहिलो दिएको छ त्यसको हिसाब दिनुपर्छ। किन नदिएको। स्पष्ट छ, जुन पैसा बंगालका मजदूरहरूको निम्ति आएको थियो, त्यसको दुरुपयोग गरिएको छ।
खडगपुरमा मिडियासॅंग कुराकानी गर्दै घोषले भने, गठबन्धन कहॉं बाचेको छ? एक एक गर्दै सबै साथीले साथ छोर्ड्दै गइरहेका छन्। ममता ब्यानर्जीले एक्लै चुनाउ लड्ने घोषणा गरेकी छन्। गठबन्धनमा सामेल सबै असन्तुष्ट छन्। सत्यता के हो भने, पहिलाको चुनाउमा कांग्रेस हाफ र माकपा साफ भएको थियो। अब यसपाली तृणमूल हाफ र कांग्रेस बंगालबाट साफ हुनेछ।