उज्ज्वल भारत उज्ज्व भविष्य अन्तर्गत सोनमति स्मारक सरकारी वरिष्ठ उच्चतर स्कूलमा बिजुली महोत्सव सम्पन्न

गान्तोक। एनएचपीसी अनि सिक्किम सरकारको विद्युत विभागको संयुक्त तत्वावधानमा आजादीको अमृत महोत्सव अन्तर्गत भारतको स्वाधीनताको ७५औं वर्षगाँठ पालन गर्न उज्ज्व भारत उज्ज्वल भविष्य विद्युत@२०४७ कार्यक्रम सोनमति स्मारक सरकारी वरिष्ठ उच्चतर स्कूल, खामदोङमा बिजुली महोत्सव कार्यक्रम आयोजन गरियो।
यस अवसरमा पीसीई पीएम शर्मा मुख्य अतिथि रहेका थिए भने प्रमुख अभियन्ता टाशी डाडुल, अधीक्षक अभियन्ता बीबी शर्मा, प्रभागीय अभियन्ता सोनाम भोटिया लगायत बीडीओ टेकेन्द्र शर्मा विशेष रूपमा उपस्थित थिए। यसै गरी एनएचपीसीका महाप्रबन्धक पिङ्गल किसपोटा अनि उपमहाप्रबन्धक प्रवेश कुमारका साथमा जिल्ला पञ्चायत शेराब काजी, श्रीमती सुमित लेप्चा, पासाङ लेप्चा, पञ्चायत सभापति प्रह्लाद पौड्याल अनि अन्य गाउँलेहरू मिलाएर कार्यक्रममा करिब दुई सयजनाले सहभागिता जनाए।
यस अवसरमा बोल्दै प्रधान मुख्य अभियन्ता पीएम शर्माले नविकरणीय ऊर्जाको महत्त्वमाथि बल दिँदै ऊर्जा संरक्षणमाथि ध्यान सबैलाई अपील गरे। यसै गरी भारतको विद्युत क्षेत्रका प्रमुख उपलब्धिहरू प्रकाश पार्दै भावी विकासका मार्गचित्र पनि प्रस्तुत गरे।

कार्यक्रममा विद्युत क्षेत्रका उपलब्धिहरू प्रकाश पार्ने लघु वृत्तचित्रका साथमा भिडियोहरू लगायत सांस्कृतिक कार्यक्रम अनि सडक नाटकहरू पनि प्रस्तुत गरियो। कार्यक्रमको अन्त्यमा सिक्किम सरकारको विद्युत विभागका अधीक्षक अभियन्ता बीबी शर्माले धन्यवाद ज्ञापन पेश गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement