भारत छिट्टै तेस्रो ठूलो अर्थतन्त्र बन्नेबारेमा अर्थमन्त्री निर्मला सीतारमण विश्वस्त

IMG-20240127-WA0208.jpg

नयाँ दिल्ली: भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ। १ फरवरीमा अन्तरिम बजेट प्रस्तुत गर्न लागेकी अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२८ सम्ममा देश तेस्रो ठूलो अर्थतन्त्र बन्ने पूर्ण विश्वास व्यक्त गरेकी छन्। तर, व्यवसाय बढाउन पहल गर्नुपर्नेमा उनले जोड दिइन्। अर्थमन्त्री निर्मला सीतारमणले कस्टम विभागलाई व्यापारको विकास गर्न र भारतलाई पाँच ट्रिलियन अमेरिकी डलरको जीडीपीको लक्ष्य हासिल गर्न सहयोग गर्न अपील गरेकी छन्। उनले कस्टम विभागले आफ्नो सम्पूर्ण ध्यान व्यापार वृद्धिमा केन्द्रित गर्नुपर्ने बताइन्। कस्टम विभागले नयाँ प्रयोग गरे सन् २०२७–२८ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य हासिल हुनेछ। अर्थमन्त्रीले शनिबार भन्सार विभागले फेसलेस एसेसमेन्ट र सिंगल विन्डो क्लियरेन्सजस्ता पहल गरेको बताइन्। ‘व्यवसायको आवश्यकताअनुसार विकास गर्नुपर्छ। पाँच खर्ब डलरको लक्ष्यमा कस्टम विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ। यस लक्ष्यमा सबैले योगदान गर्नुपर्छ’, उनले भनिन्।
अन्तर्राष्ट्रिय कस्टम दिवस २०२४ को अवसरमा लिखित सन्देशमा अर्थमन्त्री निर्मला सीतारमणले भारतको ‘अमृत काल’मा राष्ट्र निर्माणका लागि व्यवसाय गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने बताइन्। उनले भनिन्, ‘सबै एकजुट भएर देशका नागरिकको हितमा काम गर्नुपर्छl’ उनले यस वर्ष अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा ‘परम्परागत र नयाँ साझेदारलाई उद्देश्यसँग जोड्ने कस्टम’ राखिएको उनले बताइन्। यो प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ सबका विकास’को उद्देश्यको एक हिस्सा रहेको उनले बताइन्। सीतारामणले भारतलाई सन् २०२७-२८ सम्म तेस्रो ठूलो अर्थतन्त्र बनाउन हरेक साझेदारले सहयोग गर्नुपर्ने बताइन्। यससँगै देशको जीडीपी ५ ट्रिलियन डलरभन्दा बढी हुनेछ। उनले कस्टम विभागले शुरु गरेको फेसलेस एसेस्मेन्ट, प्रत्यक्ष पोर्ट डेलिभरी, सिंगल विन्डो क्लियरेन्स र एईओ योजनाले लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement