मालदा। जिल्ला तृणमूल अध्यक्ष अब्दुर रहीम बक्सीले भाजपा नेताहरूको हात खुट्टा भाँच्ने चेतावनी दिएका छन्। मालदीपुर तृणमूल विधायक तथा जिल्ला तृणमूल अध्यक्ष अब्दुर रहीम बक्सीले उत्तर मालदाका भाजपा सांसदहरू र भाजपा नेताहरू विरुद्ध उक्त चेताउनी दिएका हुन्।मालदाको चाँचल डिभिजनको हरिश्चन्द्रपुरको भालुका बजारमा शनिबार अपरान्ह विरोध सभामा बोल्दै अब्दुर रहिम बक्सीले एकातिर ममता ब्यानर्जीले विकासका काम गरिरहेकी छिन् भने अर्कोतिर भाजपाले पश्चिम बंगाललाई ध्वस्त पार्न खोजिरहेको कडा विरोध जनाए। तिनले भाजपाका ठूला नरभक्षीहरू र पश्चिम बंगालका केही दलालहरु विपक्षी नेताको रूपमा काम गरिरहेको कटाक्ष गर्दै आगामी दिनहरूमा यी नरभक्षीको दाँत भाँच्ने चेताउनी दिएका छन्। ममता ब्यानर्जीले गरिबको हितका लागि काम गर्दै आईरहेकी र पश्चिम बंगालले आगामी दिनमा सम्पूर्ण भारतको नेतृत्व गर्ने पनि हुङ्कार दिएका छन्।