एनएचपीसीले ४९ साल देखि देशमा उर्जा उत्पादनको निम्ति कार्य गर्दै आईरहेको छ: ओम प्रकाश

IMG-20240127-WA0196.jpg

तिस्टा: देशको ७५औ गणतन्त्र दिवासको अवसरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै एनएचपीसी देशमा उर्जा उत्पादनको निम्ति ४९ साल देखि कार्य गर्दै आईरहेको अनि देशको बिकासको निम्ति एनएचपीसीको भूमिका महत्त्वपूर्ण रहेको कुरा एनएचपीसी मुख्य अभियन्त प्रभारी ओम प्रकाशले जनाएका छन्।
शुक्रबारको दिन तिस्टा जलविद्युत परियोजना चरण तीन एनएचपीसीमा आयोजित गणतन्त्र दिवसलाई सम्बोधन गर्दै एनएचपीसी मुख्य अभियन्त प्रभारी ओम प्रकाशले देशको नम्बर एक हाईड्रो पावर कम्पनी रहेको ठोक्नु गर्दै कुनै पनि उर्जा उत्पादन क्षेत्रमा देशको बिकासको निम्ति काम गरिरहेको कुरा जनाए।
गत चार अक्टोबर २०२३ को दिन हिमपोखरी फुटेर तिस्ता नदीमा ठुलो बाड आएता पनि हामीले हाम्रो टीएलडीपी तीन जलविद्युत परियोजनालाई समयमा नै ड्याम्म खोलेर बचाउन सक्यौं तरै पनि बालुवा ढुङ्गा आएर विध्युत परियोजनामा पसेको कारण सफाई अभियान जारी छ अनि हिज बिहीबार मात्र एक परियोजना सफाई कार्य सकेर विधुत उर्जा उत्पदनको निम्ति सफलतापुर्वक साथ टेस्ट गरिएको कुरा जीएम ओम प्रकाशले जनाए। उनले ४ अक्टोबरको दिन आएको बाडमा स्थानीय मानिसहरु, जीटीए, पुलिस प्रशासन अनि जिल्लापालले एनएचपीसीलाई सक्दो सहयोग गरिदिएकोमा आभार ब्यक्त गर्दै एनएचपीसीले पनि बाड ग्रसित क्षेत्रहरुमा सुरक्षा देवल निर्माण गर्ने काम गरिरहेको अनि आगामी दिनमा पनि यस्ता काम्हरु गर्ने बताउदै स्थानीय मानिसहरुको बिकासको निम्ति अनि शैक्षिक क्षेत्र अनि स्वस्थ्य क्षेत्रमा कुनै पनि सहयोग चाहिएमा एनएचपीसी सदैव सहयोगको निम्ति त्यारी रहेको कुरा जनाए। देशको ७५औ गणतन्त्र दिवासको दिन एनएचपीसी रम्बीमा एक कार्यक्रम बीच एनएचपीसी जीएमले राष्ट्रिय झणडा उत्तोलन गरे भने सीआईएसएफका जवानहरु अनि भूपू सैनिकहरुले मार्चपास (परेड) खेले। यसरी केन्द्रिय विधालय रम्बीका नानीहरुले देशभक्ती गीत नृत्य आदि प्रस्तुत गरे। समारोहमा एनएचपीसीका अधिकारीगण, केन्द्रिय विधालयका शिक्षक शिक्षाका गण अनि सीआईएसएफका अधिकारी गण उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *