गान्तोक: सोरेङ जिल्ला अन्तर्गत सोरेङ उच्च माध्यमिक विद्यायलको प्रेक्षागृहमा ऊर्जा विभागद्वारा ७५औं आजादी का अमृत अवसरमा “उज्ज्वल भारत उज्ज्वल भविष्य” थीममा बिजुली महोत्सव पालन गऱ्यो। यस कार्यक्रममा सोरेङ च्याखुङ समष्टिका विधायक आदित्य गोले मुख्य अतिथिको रुपमा उपस्थिति थिए भने उनीसँग ऊर्जा विभागका अतिरिक्त प्रमुख अभियन्ता, सुपरिटेन्डेन्ट इन्जिनियर, सहायक अभियान्ता लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
“उज्ज्वल भारत उज्ज्वल भविष्य” थीम बिजुली महोत्सव कार्यक्रममा सोरेङ स्कूलका विद्यार्थीद्वारा विभिन्न संस्कृति नृत्यसँगै बिजुली संरक्षण विषयलाई लिएर नाटक प्रस्तुत गरेका थिए। आजको कार्यक्रममा ऊर्जा विभागद्वारा बिजुली संरक्षण गर्नको लागि बिजुलीबाट उपयोग हुने ५ स्टार इलोक्ट्रोनिक समानसँगै एलईडी बल्व प्रयोग गर्ने सुझाव राखिएको थियो।










