विधानसभा चुनाउलाई ध्यानमा राख्दै नोडल अधिकारीहरूलाई लिएर विभिन्न विषयमा चर्चा

IMG-20240127-WA0211.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै गेजिङ जिल्लाका नोडल अधिकारीहरूलाई लिएर मतदान अधिकृतको पहिलो चरणको तालिममा जनशक्ति व्यवस्थापन, तालिम, सामग्री व्यवस्थापन, इलेक्ट्रोनिक भोटिङ मश्नि र डाक मतपत्र सम्बन्धी नोडल अधिकृतहरुको समीक्षा बैठक सम्पन्न भयो।

गेजिङ जिल्लाको पञ्चायत भवनमा सम्पन्न भएको यस सभाको अध्यक्षता गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले गरेका थिए। उक्त सभामा चुनाउको तयारीलाई सुनिश्चित गर्न आवश्यक सामग्री, जनशक्ति, अत्यावश्यक सामग्रीको व्यवस्था र तालिमको निम्ति स्थान तथा सैद्धान्तिक सत्रका लागि तोकिएको स्थानका बारेमा विस्तृतरूपमा छलफल गरियो।

सभापछि जिल्लापाल लगायत अन्य अधिकारीहरूले क्योङसामा राखिएको ईभीएम वेयर हाउसको पनि निरीक्षण गरे। उक्त सभामा अतिरिक्त जिल्लापाल खेमराज भट्टराई, अतिरिक्त जिल्लापाल (विकास) एनबी विश्वकर्मा, महकुमा अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement