गान्तोक: हिजो राजभवनमा ७५औं गणतन्त्र दिवस पालन गरियो। उक्त कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दर, न्यायधीश मीनाक्षी मदन राई, न्यायधीश भाष्कर राई लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा राज्यको पारम्पारिक संस्कृतिक नृत्य पनि स्थानीय कलाकारहरूद्वारा प्रस्तुत गरिएको थियो।