१६औं पल्ट मन्त्री लोकनाथ शर्माले गरे रक्तदान

IMG-20230410-WA0169-11-300x172-7

नाम्ची: इभाञ्जेलिकल प्रेसबेटिरियन चर्चेस यूथ्स फेलोशीप अफ् सिक्किम (ईपीसीवाईएफएस) र काउन्सिल अफ् इभाञ्जेलिकल प्रेसबेटिरियन चर्चेस अफ् सिक्किम (सीईपीसीएस) को सामाजिक सेवा शाखाको सहकार्यमा हिजो गणतन्त्र दिवसको दिन दक्षिण सिक्किमको चेम्चेस्थित इण्डियन हिमालयन सेन्टर फर् एडभेञ्चर एण्ड इकोटुरिज्म (ईएचसीएई) मा वृहत रक्तदान शिविर आयोजना गरिएको थियो।

एसटीएनएम अस्पतालको सेन्ट्रल ब्लड ब्याङ्कको सहयोगमा आयोजित रक्तदान शिविरमा सीईपीसीएस-का विभिन्न शाखाका एक सयभन्दा अधिक सदस्यले रक्तदान गरे। यस अवसरमा सिक्किम सरकारका पशुपालन एवं श्रम मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि रहेका थिए।

हिजोको वृहत रक्तदान शिविरको आयोजना सीईपीसीएस-को स्थापना दिवस एवं वार्षिक युवा सम्मेलनको अवसर पारेर आयोजना गरिएको थियो। उल्लेखनीय छ, सीईपीसीएस-ले गत २४ जनवरीदेखि चेम्चेमा नै तीन दिवसीय युवा सम्मेलन आयोजना गरेको थियो जसमा राज्यभरिका विभिन्न इरीसीएस गिर्जाघरहरूबाट ६ सयभन्दा अधिक युवाहरूले भाग लिएका थिए।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मन्त्री शर्माले सीईपीसीएस-को सामाजिक सेवा शाखाले गर्दै आएको जनहितका कार्यहरूको प्रशंसा गरे। यसरी गरिएको स्वैच्छिक रक्तदानले कसैको ज्यान बचाउन सक्छ बन्दै उनले सबै रक्तदाताहरूलाई धन्यवाद अनि बधाई दिए। उल्लेखनीय छ, मन्त्री शर्माले पनि १६ पल्ट रक्तदान गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement