जलपाइगढी। राशन नपाएको गुनासो गर्दै उपभोक्ताहरूले आज सिलगढी-जलपाइगढी हल्दीबारी तोरलपाडा क्षेत्रमा सडक अवरुद्ध गरे। केही महिनादेखि रासन नपाएको र रासनको सट्टा कुपन दिइँदै आएको आरोप उपभोक्ताहरुले लगाएका छन्। खाद्य विभागका एक अधिकारीले फोनमा कुपन दिनु पूर्णतया गैरकानूनी भएको बताएता पनि यसको सुनवाई नभएकोले आन्दोलनरत उपभोक्ताहरुले सडक अवरुद्ध गरेका थिए। उच्च अधिकारी आएर समस्या समाधान नगरेसम्म जाम जारी रहने अडिगताले सडक अवरुद्ध हुँदा ठूलो जाम लागेको थियो।

अन्ततः केही घण्टापछि जलपाइगढी कोतवाली थानाको पुलिसबल घटनास्थल पुगेर आश्वासनको वार्तापछि जाम हटाइएको थियो।