कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको निर्देशनमा शनिबार नागरिक कल्याण कार्यक्रम अन्तर्गत ३० दिने सौन्दर्य प्रशिक्षण तालिमको समापन समारोह सुन्तलाबारीको सामुदायिक हलमा सम्पन्न भयो। डेपुटी कमान्डेन्ट ललेन्द्र रत्नाकरको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा छोरी बचाऔँ छोरी पढाऔँ अभियान, कोदोको प्रयोग, लागुऔषधी मुक्त भारत अभियान, प्लाष्टिकको प्रयोग नगर्ने गरी जम्मा ३५ जना सीमान्त ग्रामीण क्षेत्रका युवतीहरूलाई तालिम दिइएको थियो।
साथै मौरीपालन मार्फत मौरीपालन तथा रोजगार प्रवर्धन गर्ने बारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा नयाँबस्ती बीओपीका इन्चार्ज इन्स्पेक्टर गौरचन्द राय, रिया राय लगायत एसएसबीका अन्य कर्मचारी तथा ठुलो संख्यामा गाउँलेहरूको उपस्थिति रहेको थियो।