मुख्यमन्त्रीले घोषणा गरेको २४ घण्टा नबित्दै चालक दिवसको अवसरमा विदाको सूचना जारी

गान्तोक: हिजो राजधानीस्थित रेशीथाङमा आयोजित सारथी सम्मान दिवसमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सारथीहरूलाई ध्यानमा राखेर २७ जुलाईको दिन प्रतिवन्धित सरकारी (रेस्ट्रीकटेड) विदा घोषणा गरेका थिए। मुख्यमन्त्रीले घोषणा गरेको २४ घण्टा नबित्दै राज्य सरकारको तर्फबाट आधिकारिक अधिसूचना जारी गरेर घोषणा मात्र होइन व्यवहारमा पनि ल्याइएको छ। राज्यका मुख्य सचिव एससी गुप्तद्वारा जारी गरेको उक्त अधिसूचनामा २७ जुलाईलाई सारथी दिवस भनिने अनि उक्त दिन दिन प्रतिवन्धित सरकारी विदा रहने उल्लेख छ। ज्ञात रहोस्, हिजो राजधानीस्थित रेसीथाङको खेलगाउँमा सारथी सम्मान दिवस मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा भव्यताको साथै पालन गरिएको थियो। सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठन भएदेखि यता प्रतिवर्ष २७ जुलाईको दिन चालक दिवस मनाउँदै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement