नामथाङ रातेपानीमा एसकेएमको क्षेत्रस्तरीय जनसभा आयोजित

n57798579017063612572272c14a6f67cb6196cdf03b100c92ba6084656cde10fb44fee29dd0bacc38bb76b.jpg

एसडीएफको सिक्किम बचाऔँ अभियान सिक्किम बाहिरबाट सञ्चालन हुँदैछः जेकब खालिङ

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर पार्टी कार्यक्रमलाई तीब्र बनाएको छ।

आम जनतासम्म पुग्न पार्टीले ८ जनवरीदेखि निर्वाचन क्षेत्रस्तरमा जनसभा आयोजन गरिरहेको छ भने पार्टीले आगामी 4 फरवरीमा पालन गर्ने १२औं स्थापना अघि सबै क्षेत्रमा आयोजन गरिसक्ने लक्ष्य लिएको छ।

यसैक्रममा आज शनिवार एसकेएमले निर्वाचन क्षेत्रस्तरीय जनसभा दक्षिण सिक्किमको नामथाङ रातेपानी क्षेत्रमा आयोजन गऱ्यो। पार्टी प्रवक्ता जेकब खालिङको अध्यक्षतामा आयोजित जनसभामा पार्टी संगठनका विभिन्न पदाधिकारीले पार्टीको गतिविधि र जनहितमा एसकेएम सरकारले शुरु गरेका कल्याणकारी योजनाबारे प्रकाश पारे।

पूर्व मन्त्री गर्जमान गुरुङ, भीम ढुङ्गेल, ओटी लेप्चा, क्षेत्र विधायक तथा मन्त्री संजित खरेल, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, पार्टीका सांगठनिक उपाध्यक्ष पवित्र मानव लगायत पार्टी संगठनका अन्य पदाधिकारीको सहभागितामा आयोजना गरिएको जनसभामा क्षेत्रका जनताको बाक्लो उपस्थिती रहेको थियो।

नामथाङ रातेपानी निर्वाचन क्षेत्रस्तरीय जनसभालाई सम्बोधन गर्दै एसकेएम पार्टी प्रवक्ता जेकब खालिङले पार्टीले अपनाएको समावेशी नीतिका कारण आगामी चुनाउमा एसकेएम पार्टी सतप्रतिशत सीटमा विजयी बन्ने बताए। निर्वाचन क्षेत्रस्तरीय जनसभा चुनाउको लागि मैदान तयार पार्ने अभ्यास मात्रै रहेको बताउॅंदै 8 जनवरीमा यी जनसभाको आयोजना शुरु भएदेखि नै विपक्षीले मैदान छोडिसकेका खालिङले दाबी गरे।

उनले एसकेएम सरकारको कार्यकाललाई सिक्किमको लागि स्वर्णिम क्षण ठहर गरे। वान फेमिली वान जबका कर्मचारीलाई सरकारले चाँडै स्थायी गरिने सरकारको अडानलाई दोहोऱ्यॉंउदै उनीहरूको सम्मेलन गर्ने तयारीमा रहेको र सम्मेलनकै दिन सरकारले स्थियीकरणको अधिसूचना जारी गर्ने बताए।

एसकेएम प्रवक्ता जेकब खालिङले पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले जातीय विभाजन गरेर सत्तामा पुग्ने प्रयास गरिरहेका आरोप लगाए। जातीय विभाजन नभएको सिक्किमेली समाजलाई तोड्ने षड्यन्त्र गरेको आरोप लगाउॅंदै जातीय एकतालाई तोड्न नदिन सिक्किमे समाज सचेत हुनुपर्छ भने। यसका साथै एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियान काल्चिनी, जलपाईगुडी लगायत सिक्किमका अन्य ठाउँबाट सञ्चालन भइरहेको आरोप लगाए।

खालिङले एसडीएफको अभियान राज्य बाहिरबाट सञ्चालन भइरहेको पुख्ता सबुत एसकेएम पार्टीसँग रहेको, जसलाई समय आएपछि सार्वजनिक गर्ने बताए। चामलिङले राज्य बाहिरको सहारामा अश्लिल राजनीति गरिरहेका जेकब खालिङले ठोकुवा गर्दै यस्तो राजनीति नगर्ने चेताउनी पनि दिए। एसडीएफलाई अश्लिल राजनीति गर्न सिकाउने व्यक्ति पनि सिक्किम बाहिरका रहेको र उक्त व्यक्तिले लगाएको क्लासमा पवन चामलिङले समेत भाग लिएका जेकब खालिङले दाबी गरेका छन्।

क्षेत्रका जनतालाई सम्बोधन गर्दै विधायक तथा मन्त्री सञ्जित खरेलले २०१९ मा एसकेएम पार्टीले चुनाउ नजितेको भए सिक्किम अशान्ति हुने थियो भन्ने दाबी गर्दै अब एसकेएमले ३५ वर्ष सरकार चलाउने बताए। उनले भने, एसकेएम सरकार जनताको पक्षमा छ र ३५ वर्षसम्म कसैले हल्लाउन सक्दैन। विकास र सहुलियतकै तुलना गर्ने हो भने पहिलाको सरकारले टर्चलाइट दिन्थ्यो हामीले जनतालाई गाडी बाढ्यौ र यसलाई निरन्तरता दिइनेछ।

आगामी फरवरी महिनामा अहिलेसम्म रेकर्ड स्तरमा सहुलियत वितरण गरिने बताउँदै नामथाङ रातेपानी निर्वाचन क्षेत्रको विकासलाई लिएर विपक्षी र पूर्वमा सरकार सञ्चालन गरेको एसडीएफ पार्टीसँग आफू वहसको लागि तयार रहेको बताए। यस क्षेत्रमा आगामी चुनाउ एसकेएम पार्टीले सहजै जित्ने बताए भने एसकेएमको पक्षमा क्षेत्रबाट रेकर्ड मतदान होस भन्ने तयारीमा पार्टी काम गरिरहेको बताए।

जनसभालाई सम्बोधन गर्नेक्रममा पूर्व मन्त्री गर्जमान गुरुङले आगामी विधानसभा चुनाउ जित्न पार्टी संगठन र आम जनतामाझ एकजुटता हुन् आवश्यक रहेको बताए। मुख्यमन्त्रीको नेतृत्वमा एसकेएम सरकारले पहिलो कार्यकालमा धेरै जनपक्षीय र विकासका काम गरेको बताउँदै विकासगति र सिक्किमले गरेको प्रगतिलाई निरन्तरता दिन आगामी विधानसभा चुनाउ एसकेएमले जित्न आवश्यक रहेको बताए।

पार्टीको नारी शक्तिकी सदस्य कुमारी मगरले महिलाहरूको हित, कल्याण र सशक्तिकरणको क्षेत्रमा एसकेएम सरकारले शुरु गरेका कार्यक्रममाथि प्रकाश पारिन्। एसडीएफ सरकारले १९९४ देखि १९९९ बीचको पाँच वर्ष कार्यकालमा महिलाको पक्षमा एउटै पनि योजना नबनाएको दाबी गर्दै एसकेएम सरकारले पाँच वर्षमै १५ वटा महिला हितका योजना सन्चालनमा ल्याइसकेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *