रम्फुमा स्रष्टा संगमको सभा सम्पन्न

IMG-20240127-WA0171.jpg

स्रष्टा संगमको चौथो वार्षिक सम्मेलन ९ र १० फरवरीमा गान्तोकमा हुन

रम्फु: भारतीय नेपाली भाषी स्रष्टाहरूको साझा मञ्च स्रष्टा संगमको चौथो वार्षिक सम्मेलन गान्तोकमा हुने भएको छ। उक्त चौथो वार्षिक सम्मेलनको लागि आज पूर्व सिक्किमको रम्फुमा एक सभा स्रष्टा संगमको अध्यक्ष रवि रोदनको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सचिव हनोक थापाले सञ्चालन गरेका थिए भने सभा एल्डर राजु राईको शुरुको प्रार्थनाद्वारा थालिएको थियो। सभामा चौथो वार्षिक सम्मेलनको लागि विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्दै दुई दिवसीय उक्त कार्यक्रममा विभिन्न साहित्यिक विषयहरूमा विमर्श राखिने साथै दोस्रो दिन क्रियटिभ राईटिङमाथि वर्कशप पनि आयोजना गरिने निर्णय लिइएको छ। स्रष्टा संगमको हरेक वार्षिक सम्मेलनमा स्रष्टाहरूलाई सम्मानित गरिने गरिन्छ अनि यसै क्रममा यसपाली स्रष्टा संगमद्वारा दुईजना स्रष्टाहरू क्रमैले रेभरेन्ट डा. छत्र सुब्बा पावल र कथाकार क्यामुना प्रधानलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने सभामा निर्णय गरिएको छ। त्यसरी नै पहिलो शशिप्रभा स्मृति पुरस्कार प्रापक कथाकार सन्ध्या आचार्यलाई पनि स्रष्टा संगमद्वारा अभिनन्दन गरिने निर्णय गरिएको छ। उक्त दुई दिवसीय साहित्यिक कार्यक्रममा स्रष्टा संगमको चौथो वार्षिक साधारण सभा साथै चुनावमार्फत् नयाँ कमिटी गठन गरिने भएको छ। यसको साथै भावी दिनको कार्यक्रमहरू पनि तय गरिने सभाले निर्णय लिएको छ। सभाको निर्णय अनुसार दुई दिवसीय कार्यक्रममा श्रोत वक्ताको रूपमा वरिष्ठ साहित्यकार सलोन कार्थक, रेभरेन्ट छत्र सुब्बा पावल, प्राध्यापक मेहेरमान सुब्बा, पास्टर रमेश लामा, डा. चित्र कौशिक, एल्डर राजु राई लगायत अन्यहरू उपस्थित रहने भएको छ। उक्त सभा एल्डर एसके प्रधानको अन्तिम प्रार्थनाद्वारा समाप्त गरिएको छ। आजको सभामा स्रष्टा संगमको स्रष्टाहरू सभापति रवि रोदन, सचिव हनोक थापा, सह सचिव ईम्मानुएल गिफ्ट, संरक्षक एसके प्रधान, सल्लाहकार क्यामुना प्रधान, एल्डर राजु राई, एल्डर पत्रुस गुरुङ, कोषाध्यक्षा बसुन्धरा राई, कार्यकारी सदस्य बीरेन्जा राई लगायत अन्यहरू उपस्थित रहेका थिए। उल्लेखनीय छ भारतीय नेपाली भाषी इसाई लेखकहरूको साझा मञ्च स्रष्टा संगमको पहिलो कार्यक्रम २०१८ मा खरसाङको सिटोङबाट शुरु भएको थियो भने दोस्रो वार्षिक सम्मेलन २०१९ मा सिक्किमको रम्फुमा भएको थियो। त्यसरी नै तेस्रो २०२९ मा सिलगढीमा भएको थियो भने कोविडको कारणले दुई वर्ष हुन सकेन अनि यसपाली २०२४ मा गान्तोकमा चौथो वार्षिक सम्मेलन हुन गईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement