कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आज भारत भोटाङ सीमान्त सहर जयगाउँ लगायत बक्सा बनबस्ती २८ बस्ती क्षेत्रमा एसएसबी जवानहरूले स्थानीय संघ संस्थाहरूसित मिलेर वृक्षारोपण गरिएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्।

आज यस क्रममा जयगाउँ दुई नम्बर ग्राम पञ्चायत संलग्न क्षेत्रमा प्रधान छुङ्कु लामा समाजसेवी दावा लामा एवम् अन्यान्यको उपस्थितिमा वृक्षारोपण गरिएको बताईएको छ। आजादीको अमृत महोत्सव अन्तर्गत यो कार्यक्रम एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा विभिन्न ठाउँहरूमा वृक्षारोपण गरिएको एसएसबी सुत्रले जनाएका छन।










