नामथाङ रातेपानी निर्वाचन क्षेत्रले शुरु गर्यो व्यवसायिक रिभर राफ्टिङ

adventorus-tour.jpg

गान्तोक: सिक्किमले पहिलोपल्ट व्यावसायिक रुपमा रिभर राफ्टिङ शुरु गरेको छ। दक्षिण सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत नामथाङ पर्यटन प्रकोष्ठको पहल सिक्किम पर्यटन विभागको सहकार्यमा आज शनिवारदेखि टिस्टा नदीमा रिभर राफ्टिङ शुरु गरियो।

रम्फू नजिक समरदुङबाट लिङ्खिमटारसम्म कूल छ किलोमिटर दुरीको राफ्टिङलाई क्षेत्र विधायक तथा मन्त्री संजित खरेलको उपस्थितिमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उद्घाटन गरे। रिभर राफ्टिङ संचालन गर्न टिस्टा रंगित रेस्क्यू एसोसिएसनले सहयोग पुर्याएको छ। नामथाङ पर्यटन प्रकोष्ठका ७० जना सदस्य मिलेर क्षेत्रमा पर्यटन विकासकालागि गरिएको पहलका क्रममा रिभर राफ्टिङ शुरु गरिएको छ।

नामथाङ रातेपानी निर्वाचन क्षेत्रले पर्यटनमा लगभग एक हजार युवकलाई व्यवसायिक बनाउने लक्ष्य लिएको क्षेत्र विधायक संजित खरेलले जानकारी दिएका छन्। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले रिभर राफ्टिङ संचालन गर्न आवस्यक युवालाई सरकारले तालिम दिने बताए। रिभर राफ्टिङको सम्भावना बारे बोल्दै टिस्टा रंगित रेस्क्यू एसोसिएसनकी अध्यक्ष शान्ति राईले समरदुङदेखि लिङ्खिमटारसम्म टिस्टा नदिमा रिभर राफ्टिङ सुरक्षाका दृष्टिले सहज रहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement