नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,२५,०७६ पुगेकाे छ। देशमा हालसम्म कोरोनाभाइरस उप-विविध जेएन.१(JN.1) को कुल १,६४० मामिला दर्ता भएका छन्। विगत २४ घण्टामा कोरोनाले केरलामा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,४४५ पुगेको छ। यसरी नै यस अवधिमा २७९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,९०,१०६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,५२५ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ११,८३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,९१,३३३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ९९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,८५,२२३ जनाले यो खोप लगाइसकेको छन्।










