नयाँ दिल्ली; प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मेघालयका मुख्यमन्त्री कनराड संगमालाई उनको जन्मदिनमा बधाई दिएका छन्। कनराडको जन्म १९७७ मा वेस्ट गारो हिल्सको तुरा शहरमा भएको थियो। उनी प्रसिद्ध नेता राज्यका पूर्व मुख्यमन्त्री एवं पूर्व लोकसभा अध्य़क्ष पीए संगमाका छोरा हुन्।
प्रधानमन्त्री मोदीले एक्स ह्याण्डलमा शुभकामना सन्देश जारी गर्दै लेखेका छन्, कनराड संगमाले आफ्नो कार्यकालमा मेघालयमा परिवर्तनकारी पाइलाहरू चालेका छन्। यसबाट मानिसहरूको जीवनमा परिवर्तन आएको छ। प्रधानमन्त्रीले उनको दीर्घायु र स्वस्थ जीवनको निम्ति प्रार्थना गरेका छन्।