चैतेपानी क्षेत्रमा फोहोरमैला व्यस्थापन साथै प्लास्टिकमुक्त अभियान सम्पन्न

IMG-20240127-WA0134.jpg

खरसाङ: देशको ७५औं गणतन्त्र दिवस (२६ जनवरी)को अवसरमा चैतेपानी क्षेत्रमा पंचायतका सदस्य पेम्बा शेर्पा र लाली गुराँस समितिको आयोजनामा सफाई अभियान कार्य सम्पन्न भयोl यस अवसरमा चैतेपानी क्षेत्रका सर्वसाधारणलाई फोहोरमैला व्यवस्थापन र पर्यावरण संरक्षणबारे जानकारी गराइयोl यस सफाई अभियानको अवधिमा लाली गुराँस समितिका सदस्यहरू, अन्य विभिन्न संस्थाका सदस्यहरू र सर्वसाधारणले उत्साहपूर्वक सहभागीतामा जनाएl चैतेपानी क्षेत्रका विभिन्न ठाउँमा थुप्रिएका फोहोरमैलाहरू हटाएर सफा गरियो। यसका साथै यसै सफाई कार्यक्रममा पर्यावरण संरक्षणबारे सर्वसाधारणलाई जागरुक बनाउन चैतेपानी क्षेत्रका विभिन्न ठाउँमा सूचनापट अर्थात नोटिस बोर्ड राख्ने निर्णय लिइएको छ।

उल्लेखनीय छ, गत १४ जनवरीको दिन स्वच्छ भारत मिशनअन्तर्गत सोही क्षेत्रमा लेट्स गो फाउन्डेसनको साझेदारी अनि सन्त मेरिज-१ ग्राम पंचायतका प्रधान रोशन हाङ सुब्बाको साझेदारीमा फोहोर व्यस्थापन र प्लास्टिकमुक्त समाज निर्माण बारे जागरुकता कार्यक्रम आयोजना भएको थियोl पंचायत प्रधान रोशन हाङ सुब्बाको निर्देशनमा २६ जनवरी गणतन्त्र दिवसको अवसरमा चैतेपानी क्षेत्रमा सफाई अभियान चलाइएको जानकारी पंचायत सदस्य पेम्बा शेर्पाले दिएका छन्। सो जागरुकता कार्यक्रममा फोहोरमैला व्यस्थापन, प्लास्टिकमुक्त समाज र पर्यावरण संरक्षणबारेमा पनि जानकारी दिइएको थियोl फोहोरमैला व्यवस्थापन साथै प्लास्टिकमुक्त समाज निर्माणको लागि सिपाहीधुरा चिया बगानको गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनले सो क्षेत्रमा विशेष अभियान चलाइरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement