लामा गाउँ गोल्ड कपमाआमुक्त परिवार च्याम्पियन

IMG-20240127-WA0060.jpg

२७ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको नवौं सीजनमा सिलगढ़ीको आमुक्त परिवार च्याम्पियन भयो। शुक्रवार खेलिएको टुर्नामेण्टको फाइनल म्याचमा आमुक्त परिवारले नेपालको जीआईएसओ मेचीनगरलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट करण राईले २ र पियुष ठाकुरीले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन टीमका पियुष ठाकुरीलाई प्लेयर अव् द म्याच र निगम सिंहलाई बेस्ट गोलकीपरको पुरस्कार प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement